Ultimate magazine theme for WordPress.

आज सरस्वती पूजा, विद्याकी देवीको बिशेष पूजा,आराधना गरिदै

50

 

बिरगंज सिटी,माघ १९:आज सरस्वती पूजा,ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी सरस्वती माताको आज बिशेष पुजा आराधना गर्ने गरिन्छ | सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा पनि दिएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्रसिद्धीका लागि तारादेवीका रूपमा मान्छन् । यस दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ ।

Leave A Reply

Your email address will not be published.