Ultimate magazine theme for WordPress.

अबैध रूपले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीद्वारा ८ वटा भैंसी र कस्मेटिक समाग्री नियन्त्रणमा

317

बारा, ४ भाद्र / बाराको बरैनिया नाका हुँदै अबैध रूपले नेपाल भित्रयाउदै गरेको अवस्थामा ८ वटा भैसीलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल र भारतको खुल्ला सीमको फाइदा उठाउदै अबैध रूपले नेपाल भित्रयाउदै गरेको अवस्थामा बोर्डर आउट पोस्ट बरैनियाबाट खटिएको टोलिले नियन्त्रणमा लिन सफल भएको हो ।
बोर्डर आउट पोस्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह एरिको कमान्डमा खटिएको टोलिले ४ गोटा भैंसी र ४ गोटा भैसीको पाडा गरि जम्मा ८ गोटा भैंसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । नियन्त्रणमा लिएको भैसीको मूल्य करीब १ लाख ३६ हजार बराबरको रहेको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले जानकारी दिनुभयो ।
त्यसैगरी बाराको मटिअर्वा नाका हुँदै नेपालतर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको चेकजाच टोलिले कस्मेटिक समाग्री नियन्त्रणमा लिएको छ । बोर्डर आउट पोस्ट मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलिले चेकजाँच गरिरहेकै क्रममा भारतबाट ल्याइरहेको करीब ३७ हजार बराबरको कस्मेटिक समाग्री नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.