Ultimate magazine theme for WordPress.

सूचनाको माङ्ग गर्दै स्थानीय युवाद्वारा गाउपालिकामा निवेदन दर्ता

229

बारा, २७ कार्तिक / आर्थिक बर्ष २०७७/७८ मा गाउपालिकाले छुटयाइएको रकम मध्ये के कतिसम्मको काम भएको नभएको बिषयमा सूचना माङ्ग गर्दै स्थानीय युवाद्वारा गाउपालिकामा निवेदन दर्ता गराएका छन । बाराको फेटा गाउपालिका वडा नम्बर ७ लगायत विभिन्न वडाका युवाहरूले बिकास योजना अन्तर्गत के कतिको काम सम्पन्न भएको बिषयमा सूचनाको माङ्ग गर्दै फेटा गाउपालिकामा निवेदन दर्ता गराएका हुन ।
सुचनाको हक समबन्धी एन २०६४ को दफा ३ द्वारा प्रदत अधिकारको प्रयोग गर्दै युवाहरूले सूचनाको माङ्ग गरेका छन । स्थानीय युवा ओमेश्वर साह र राजकिशोर साहको अगुवाइमा गएको समुहले सुचनाको माङ्ग गरेको जनाइएको छ । गाउपालिकाबाट छुट्याइएको रकम अनुसार काम नभएको शन्का जनाउदै गाउपालिकामा सूचनाको माङ्ग गरिएको युवाहरूले बताएका छन ।

Leave A Reply

Your email address will not be published.