Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा लागू औषध गाजा सहित ३ जना पक्राउ

139

पर्सा, १८ मंसिर / सशस्त्र प्रहरीले लागू औषध सहित तीन जना भरियालाइ पक्राउ गर्न सफल भएको छ । नेपालबाट भारततर्फ लग्दै गरेको बिशेष सूचनाको अधारमा लागू औषध सहित तीन जना भरियालाइ सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले बिशेष सूचना आउनसाथ परिचालन भएको र भारततर्फ लगिरहेको अवस्थामा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । महोतरी जिल्लाको एक्डारा गाउपालिका वडा नम्बर ५ मुन्सी पाश्वानको छोरा ३६ वर्षिय रमेश पाश्वान, एकडारा गाउपालिका वडा नम्बर ३ निवासी ६० वर्षिय रामखेलावन मन्डल र जलेश्वर नगरपालिका वडा नम्बर ६ निवासी जुगल यादवको ५० बर्सिय छोरा सुरेश यादवलाइ लागू औषध गाजा सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिनुभयो ।
उहाले महोतरीको एकडारा गाउपालिका वडा नम्बर ३ नजिकै रहेको खेतबारी हुँदै भारततर्फ लग्ने गरेको बिशेष सुचनाको अधारमा स्कवाड टोलि परिचालन गरिएको र लागू औषध गाजा सहित तीन जनालाइ नियन्त्रणमा लिन सफल भएको बताए । १ क्यून्टल ५ केजि लागू औषध गाजा सहित पक्राउ गरिएको तिनै जनालाइ अवाश्यक अनुसन्धानको लागि नेपाल प्रहरीको जिम्मा लगाउने त्यारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.