Ultimate magazine theme for WordPress.

सशस्त्र प्रहरीद्वारा अबैध तरिकाले नेपाल भित्रिएको भैंसी बरामद

242

उमेश दुबे
बारा, २४ पौष / बाराको बरैनिया नाका हुँदै अबैध तरिकाले नेपाल भित्रिएको ५ वटा भैंसी सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपाल र भारत खुल्ला सीमाको फाइदा उठाउदै तस्कर संगठनले अबैध तरिकाले नेपाल भित्रयाउदै गर्दा सशस्त्र प्रहरीले ५ वटा भैंसी बरामद गरेको हो ।
बोर्डर आउट पोस्ट बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर क्षेत्रीको कमान्डमा खटिएको टोलिले बाराको बरैनिया नजिकैबाट नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ऐरले जानकारी दिनुभयो । सीमा हुँदै अबैध तरिकाले नेपाल भित्रिरहेको सूचनाको अधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक ऐरले बताउनु भयो । सूचना आउनसाथ खटिएको सशस्त्र प्रहरीको टोलिलाइ हेर्नसाथ तस्करहरू फरार भएपनी ५ वटा भैंसी नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ । नियन्त्रणमा लिएको भैसिलाई अवाश्यक कारवाहीको लागि भन्सार बुझाइएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.