Ultimate magazine theme for WordPress.

प्रदेश नम्बर २ मुख्य मन्त्री गद्दीको आदेशलाइ धज्जी उडाउदै पर्सा प्रहरी

708

पर्सा, ३ चैत / आज भन्दा करीब १ महिना अगाडी प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले नेपालबाट खरिद गरेको मालसमान नेपालमा पक्राउ गर्न नमिल्ने बताएपनी पर्सा प्रहरीले गुन्डागर्दी शैलीबाट बिरगंजबाट खरिद गरिएको मालसमान बिरगंजबाटै पक्राउ गर्न थालिएको छ । मुख्य मन्त्री गद्दीले पर्सा जिल्ला प्रहरी प्रमुख गङ्गा पन्तलाइ समेत उक्त कुराको ध्यानाकर्षण गराउनुको साथै कृष्कलाई दुख दिन नमिल्ने बताएपनी गद्दीको आदेशलाइ धज्जी उडाउदै पर्सा प्रहरीले बिरगंजबाट खरिद गरिएको मालसमान बिरगंजबाटै पक्राउ गरिन थालिएका हुन ।
आइतवार बिरगंजको घन्टाघर नजिकै रहेको निर्मल किराना पसलबाट खरिद गरि बारातर्फ जाँदै गरेको छोकडा जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्युआरटी टोलिले छोकडा बोकेको पिकअप नियन्त्रणमा लिएको हो ।

बिल बिजक रहेको उक्त छोकडालाइ चेकजाँचको नाममा नियन्त्रणमा लिएको बताइन्छ । पक्राउ गर्न गएका प्रहरीले अनलाइन बिल सहित नियन्त्रणमा लिएपनी अनलाइन बिल चेक गर्न नसकेर पुन: चालकको जिम्मा लगाइ चालकलाई फसाउने डर त्रास हेराइ फरार गरिएको बताइन्छ । बिरगंजको घन्टाघर नजिकै रहेको पसलबाट खरिद गरि बारा जिल्लातर्फ जाँदै गरेको छोकडा बिरगंज कै प्रतिमा चौकबाट पक्राउ गरिनु पर्सा प्रहरीको कार्य माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
कसरी कमाउ धन्दा बनाए पर्सा प्रहरी ?
जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइम टोलि र क्युआरटी टोलिको नामले परिचालन भएका प्रहरीहरू ग्रामीण नाकाका प्रहरी चौकी कमान्डरहरू सङ्ग प्रती महिना १० देखि ५० हजारसम्म बुझने गरेको प्रहरी श्रोतले बताएको छ । ग्रामीण नाकाबाट गिट्टी, बालुव, भैंसी लगायतको तस्करी कार्य तिब्र रूपले अगाडी बढेको छ भने जिल्लाकै क्राइम टोलिको आशिर्वाद पाए पश्चात् ग्रामीण नाका हुँदै उक्त कार्यहरू सुचारू भएको बुझिन्छ ।
प्रहरी उपरीक्षकको भुमिका ?
वर्दिमा दाग लाग्न नदिने सोचका साथ जिल्ला प्रहरी कार्यालय पर्सामा आउनु भएका प्रहरी उपरीक्षक गङ्गा पन्तकै नजिकमा रहेर काम गरिरहेका क्राइम टोलिले आफ्नो पावरको दुरुपयोग गर्दा पन्त इमन्दारको मिशाल हुन भनी भनिन सकिँदैन । जिल्ला प्रहरी कार्यालय पर्सामा पहिलो चोटि महिला प्रहरी उपरीक्षकको आग्मन हुदा पर्सा जिल्लावासी खुसी भएको महसूस गरेपनी काम कारवाहिले बदनामीको कटघरामा उभाउन थालिएको छ । प्रहरीले नाकाबाट मालसामान पक्राउ गरि भन्सार दाखिला गर्दा तस्करीको समान भन्न मिल्छ तर बिरगंजबाटै खरिद गरिएको मालसमान बिरगंजबाटै पक्राउ गर्दा प्रहरी उपरीक्षक पन्त समेत मौन बस्नु इमान्दारिताको खोल ओढि भ्रष्टाचारको बढावा दिरहेको बारे प्रष्ट हुन्छ ।
तसर्थ यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.