Ultimate magazine theme for WordPress.

तस्करीको लाइन खोलाउन प्रहरी नै लागे

448

पर्सा, २० श्रावण / नेपाल र भारतको सीमा नाका हुँदै स-साना तस्करीको लाइन सुचारू भएपनी ठुला वडा तस्करीको लाइन खोलाउन नेपाल प्रहरीकै क्राइम टोलि लागीपरेको बताइएको छ । दिउँसो र राती गरि दर्जनौ तस्करहरूले अबैध रूपमा समान ओसार पोसार गरिरहेपनी हाकिमलाई खुस पार्न नसकेको क्राइम टोलि हालको समयमा ठुलै तस्करीको लाइन सुचारू गर्ने योजना बनाएको बताइएको हो ।
केही ट्रान्सपोर्टका साहु महाजन समेत तस्करीको लाइनमा लागेको प्रमाण फेला परेको छ । आफूलाइ सबै भन्दा असल र इमन्दार ठानिने पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले सीमा नाकाबाट आर्थिक कलेक्सनको लागि क्राइम टोलिमा खटिने प्रहरी हवलदार अजय पटेललाइ खटाउने गरेको प्रहरी श्रोतले जनाएको छ । प्रहरी हवलदार पटेल तस्करलाई लाइन मिलाइ दिने भन्दै फोन गरेका छन भने केही प्रहरी अधिकृतलाई लाइन मिलाइ दिनको लागि भन्दै फोन गरेका छन ।
प्रहरी हवलदार पटेल नेपाल र भारतको सीमाबाट हुने गरेको अबैध कारोबारहरूबाट १० हजार देखि १ लाखसम्म रूपैया महिनवारी स्वरूप बुझेको तस्कर श्रोतले जनाएको छ । मरिचको काम गर्ने तस्कर हालको समयमा इलाइची र छोहडाको कार्यलाइ तिब्रता दिएको बुझिन्छ । प्रती किलो ५० रूपैया फाइदा हुने मरिचको कार्यबाट प्रहरी/प्रशासनलाई बाडन समेत पैसा नपुगेकोले आफूहरू हालको समयमा प्रती किलो ५०० फाइदा हुने इलाइचीको कार्य सुरू गरिएको तस्कर श्रोतले जनाएको छ ।
आफूलाइ सब भन्दा बढी इमन्दार ठानिने एसपी रथोडको चर्तिकला वहाले नै खटाएको प्रहरी हवलदार अजय पटेलले प्रष्ट पारेका छन । बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सरूवा हुनसाथ मूल सडकबाट तस्करीको लाइन नचलेपनी इनर्वा, छपकैया, श्रीसिया, भकुवा लगायतको ठाउहरूबाट व्यापक रूपमा इलाइची, छोहडा, कपडा, मरिचको लाइन सुचारू भएको छ ।
मूल भन्सार अगाडीबाट तस्करीको लाइन नपाउदा दिनेश, लालबाबु, श्रवण भनिने तस्करहरूले इनर्वा हुँदै इलाइचीको कार्य तिब्र रूपले अगाडी बढाएका छन । प्रती किलो ५ सय बचत हुने गरेकोले प्रती दिन करीब करीब ५० किलो ग्रामदेखि १ क्युन्टलसम्म इलाइची भारत लगिरहेको श्रोतको दाबी रहेको छ । नेपालबाट भारत जाने गरेको इलाइची, मरिच र छोहडाको कार्य नेपाल प्रहरीकै मिलोमतोमा तिब्र रूपले अगाडी बढेको छ भने कपडाको ठुलै तस्करहरू लाइनमा बसेको श्रोतले जनाएको हो ।
भारतबाट अबैध तरिकाले कपडा नेपाल भित्रयाइ ट्रान्सपोर्टको माध्यमले देशको विभिन्न ठाउहरूमा पुरयाउने गरेको कुनै नौलो कुरो नभएपनी हालको समयमा तस्कर संगठनले ठुलै लाइन खोलिने तर्खरमा रहेको बुझिन्छ । ठूलो लाइन खोल्ने र ठूलो रकम असुल गर्ने प्रतीक्षामा रहेका प्रहरी हवलदार पटेल एक ठाउमा फोन गरि लाइन खोल्न समेत आग्रह गरेको फोन रेकर्डबाट प्रमानित भएको छ । उनले आफ्नो नाम नछाप्ने सर्तमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राथोडले निर्देशन दिएको नदिएको बारे आफूलाइ केही जानकारी नभएपनी क्राइम शाखाबाट खटिने प्रहरी हवलदार अजय पटेल रकम असुलीमा ब्यस्त रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम टोलिको नाममा असूली हुनु प्रहरीले नै भ्रस्टाचारलाई बढावा दिएको बारे प्रष्ट पार्दछ । तसर्थ जिल्ला प्रहरी कार्यालय पर्सामा आउनु भएका प्रहरी उपरीक्षक राथोड लगायत माथिल्लो निकायको समेत यस तर्फ ध्यान जान अति आवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.