Ultimate magazine theme for WordPress.

कोरोना क्वारेन्टाइनमा सहयोग पुग्ने गरि डिप्राेक्स लघुवित्त वित्तिय संस्था लि.द्वारा राहत समाग्री वितरण

217

उमेश दुबे
बारा, ८ जेष्ठ / रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित सन्चालितमा रहेको कोरोना क्वारेन्टाइनमा सहयोग पुग्ने गरि डिप्राेक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले खदान्य समाग्री वितरण गरेको छ । डिप्राेक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरूलाइ राहत स्वरूप खदान्य समाग्री वितरण गरिएको हो ।
कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको श्री जनता उच्च माध्यमिक बिधालयमा सन्चालित कोरोना क्वारेन्टाइनमा रहेका सन्क्रमितहरूको निम्ति खदान्य समाग्री वितरण गरिएको शाखा प्रवन्धक बैजु दासले जानकारी दिनुभयो । उहाले १८ बोरा सोनम चामल र डिटल साबुन वितरण गरिएको बताउनु भयो ।
डिप्राेक्स लघुवित्त वित्तिय संस्था लिमिटेडका शाखा प्रबन्धक दासले करीब ३० हजार बराबरको चामल र हात धुनको निम्ति डिटल साबुन सहयोग स्वरूप क्वारेन्टाइनमा दिएको बताउनु भयो । विश्वभरी फैलिएको कोरोना भाइरसको कहरको बेला आफ्नै क्षेत्रमा रहेको क्वारेन्टाइनमा सहयोग स्वरूप खदान्य समाग्री वितरण गरिएको दासले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.