६ हजार ५ सय चल्ला सशस्त्र प्रहरीले लियो नियन्त्रणमा

उमेश दुबे
पर्सा, ४ भाद्र / नेपाल र भारतको सीमा नाका हुँदै हालको समयमा पनि तस्करी कार्य रूकेको छैन । पर्साको आसवारी नाका हुँदै नेपाल भित्रिएको ६ हजार ५ सय कुखुराको चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
विगत केही दिनदेखी आसावारी नाका हुँदै चल्लाको तस्करी तिब्र रूपले अगाडी बढेको सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको टोलिले पक्राउ गर्न सफल भएका छन । भारतबाट ८ वटा साइकलमा लोड रहेको चल्लाको बिषयमा सूचना आउनसाथ खटिएको टोलिले आसवारी नजिकै रहेको नदि किनारबाट पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको टोलि हेर्नसाथ तस्कर फरार भएपनी साइकल सहितको चल्ला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Comments (0)
Add Comment