सशस्त्र प्रहरीको संरक्षण पश्चात वीरगंज भन्सार पछाडीबाट व्यापक तस्करी

पर्सा, १६ बैशाख / उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले नेपाल र भारतको सीमा नाकामा कडाईका साथै शान्ति सुरक्षामा कुनै कसर बाकी नराख्ने सशस्त्र प्रहरीलाई निर्देशन दिएपनि वीरगंज भन्सार पछाडीको नाकाबाट सशस्त्र प्रहरीकै मिलोमतोमा व्यापक रुपमा तस्करीको लाइन सुचारु भएको पाइन्छ । उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको आदेशलाई अवहेलना गर्दै सशस्त्र प्रहरीले दिउसो कडाईको देखावटी गरेपनि वीरगंज भन्सार पछाडीबाट खुल्याम तस्करी धन्दाको लाइन सुचारु गरेको पाइएको हो ।
बिगत लामो समयदेखि बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरीको आर्थिक मोहका कारण पुनः सुचारु भएको स्थानीयहरु नै बताउछन । बोर्डर आउट पोष्ट वीरगंज भन्सारबाट खटिने सशस्त्र प्रहरीले भन्सार अगाडी कडाईको रुपमा प्रस्तुत देखा पर्न थालेपनि वीरगंज भन्सार पछाडी रहेको खाली खेतको प्रयोग गर्दै ठुला वडा तस्करीको लाइन दिने गरेको एक भिडियोले प्रमाणित समेत गरेको छ । अवैध तरिकाले मालसमान आयात तथा निर्यात गर्न सवारी साधनको प्रयोग नगरेर टाउको मै बोकी आयात तथा निर्यात गर्न दिइने गरेको यो भिडियोले प्रमाणित समेत गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी निरीक्षक कृष्ण कर्मचार्यकै सहयोग र संरक्षण पाए पश्चात बोर्डर आउट पोष्ट वीरगंजका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले अवैध धन्दा गर्न तस्करहरुलाई ग्रिन सिग्नल मात्र नदिई मासिक रुपमा नजराना बुझे पश्चात ठुला वडा तस्करहरुलाई तस्करी गर्न लाइन नै दिएको सहजै अनुमान गर्न सकिन्छ । मुखमा राम राम बगलीमा छुरा भन्ने उख्खान झै आफुलाई इमान्दार रहेको साबित गर्न आतुर रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको हेराउने मुख अर्कै र खाने दात अर्को उख्खान झै तस्करीको लाइन दिइएको बताइन्छ ।
यस बिषयमा जन गुनासो दैनिकका टिम घटनास्थल पुग्दा स्थानीयहरुले सशस्त्र प्रहरीले सुचारु गरेको गोरख धन्दाको बिषयमा प्रष्टै भन्नबाट पछि हटेन्न । उनिहरुका अनुसार घरायसी २ हजारको मालसमान सशस्त्र प्रहरीले जफत गर्ने गरेको तर वीरगंज भन्सार पछाडीबाट नवराज, मुख्तार, केदार लगवायत दर्जनौ तस्करहरु तस्करी गर्न सकृय रहेको उहाकै प्रहरी श्रोतले जनाएको छ । तस्करीको धन्दा सुचारु देखेरपनि नदेखे झै गर्ने गरेको कार्यबाट सशस्त्र प्रहरी कतिको इमान्दारीता पूर्वक काम गरिरहेको बारे सहजै अनुमान लगाउन सकिन्छ । तसर्थ ः यस सम्बन्धमा सशस्त्र प्रहरीको बल नेपाल संगठनको माथिल्लो निकाय तथा आफुलाई इमान्दार र कर्मठ ठान्ने उपप्रधान तथा गृहमन्त्रीको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment