१२७ वटा सवारी साधन प्रहरी कारवाहीमा

बारा, १० बैशाख / ट्राफिक व्यवस्थापनका लागि संचालित बिशेष अभियान अन्तर्गत १२७ वटा सवारी साधन प्रहरी कारवाहीमा परेको छ । जिल्ला प्रहरी कार्यालय बारा द्वारा ट्राफिक व्यवस्थापनका लागि संचालित बिशेष अभियान अन्तर्गत यातायात व्यवस्था कार्यालय बारा कलैयाको कर्मचारीहरुको उपस्थितमा १२७ वटा सवारी साधन प्रहरी कारवाहीमा परेको हो ।
बाराको बिभिन्न स्थानहरुमा ट्राफिक नियम विपरीत चलाइएका १२७ वटा सवारी साधनहरुलाई कारवाही गरी एक लाख एक्इस हजार चार सय राजस्व संकलन गर्नुको साथै तिन थान ब्लुबुकहरु अवाश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमवार प्रेस बिज्ञप्ती जारी गर्दै ट्राफिक व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा सचेतना मुलक कार्यक्रमहरु समेत संचालन भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comments (0)
Add Comment