३ किलो चरेस सहित भारतीय नागरिक पक्राउ

उमेश दुबे
पर्सा, १३ मंसिर ÷ वीरगंज भन्सार अगाडीबाट ३ किलो चरेस सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । वीरगंज भन्सार राजस्व गस्ति टोलीले चेकजाच गरिरहेको बेला नेपालबाट भारततर्फ जादै गरेको भारतीय नागरिक शंका लागि चेकजाच गर्दा चरेस सहित पक्राउ परेका हुन ।
वीरगंज भन्सार राजस्व गस्तिले भन्सार अगाडी चेकजाच गरिरहेको बेला वीरगंजबाट भारतको रक्सौलतर्फ जादै गरेको अवस्थामा महानगरपालिका वडा नं. १६ भन्सार मुल गेटमा डियुटी टोलीले पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो । सशस्त्र प्रहरी नायब उपरीक्षक खडकाका अनुसार भारतको कोलकता निवासी एकलाख शेखले शरिरमा सेटीङ गरी भारततर्फ जादै गरेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । ३ वटा पोका बनाई आफ्नो शरीरमा फिट गरी लगिरहेको अवस्थामा पक्राउ गरिएको बताउनु भयो । पक्राउ गरिएको लागु औषध चरेस सहित शेखलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको बताउनु भयो ।

Comments (0)
Add Comment