३५ लाख ८३ हजार बराबरको अवैध मालसमान सशस्त्र प्रहरीद्वारा पक्राउ

उमेश दुबे
पर्सा, ८ फाल्गुन ÷ पर्सा जिल्लाको दोश्रो सीमाको रुपमा मानिएको भिष्वा नाकाबाट सशस्त्र प्रहरी बलले लाखौ बराबरको अवैध मालसमानहरु बरामद गरेको छ । बोर्डर आउट पोस्ट भिष्वाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले सीमा नाकाबाट ६ महिना नबितिदै ३५ लाख ८३ हजार ७ सय ४५ रुपैया बराबरको अवैध मालसमान पक्राउ गरेको हो ।
नेपाल र भारतको सीमाबाट हुने अवैध कारोवारहरु माथि सशस्त्र प्रहरीले निगरानी बढाउनसाथ बोर्डर आउट पोस्ट भिष्वाबाट खटिएको टोलीले बिभिन्न मितिमा उक्त रकम बराबर मालसमान पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीले जानकारी दिनुभयो । उहाले नेपालबाट भारत र भारतबाट नेपाल हुने मरिच, छोकडा, केराउ, भैसी/रांगा, कपडा लगायतका समाग्रीहरु बरामद गरी भन्सार दाखिला गरेको बताउनु भयो ।
बोर्डर आउट पोस्ट भिष्वाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीका अनुसार अवैध तरिकाले आयात निर्यात गर्ने समाग्री लगायत १२ बोर बन्दुक १ नाल र सोमा प्रयोग हुने ३ राउण्ड गोली समेत बरामद गरिएको बताउनु भयो । उहाले लागु औषध चरेस २४ किलोग्राम र २ किलोग्राम गाजा समेत बरामद गरी अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको बताउनु भयो । सशस्त्र प्रहरी निरीक्षक पराजुलीले आफ्नो संगठनको नीति निर्देशन विपरीत कहिले नगएको र नीति निर्देशन अनुसार कार्य गरिरहेको ठोकुवा गर्नुभयो ।

Comments (0)
Add Comment