हरवा चरवा अधिकार मंच द्वरा २४ पालिकालाइ ज्ञापन

पर्सा, ७ मंसिर / रास्ट्रिय दलित नेटवोर्कको सहजीकरणमा गठित हरवा चरवा अधिकार मंचले एकै दिन प्रदेश न. २ का ६ जिल्लाका २४ वटा पालिकाहरुमा विभिन्न माग राखी ज्ञापन पत्र बुझएको छ । ?
प्रदेश न.२ का पर्सा ,बारा , रौतहट , धनुषा , सिरहा र सप्तरीका २४ पालिकाहरुमा हरवा चरवा अधिकार मंचका पालिका समितीहरुले बाध्यकारी बधुवा श्रममा अधारित एउटा शोषणमुलक दास प्रथाको रुपमा रहेको हरवा चरवा प्रथा अन्तय गर्न माग गर्दै ज्ञापन पत्र बुझएको हो ।
उक्त समितिहरु द्वारा बिभिन्न पालिकाहरुमा पेश गरिएको ज्ञापन पत्रमा दास प्रथाको अवशेषको रुपमा रहेको कृषी बधुवा श्रमिकहरु हरवा चरवाहरुको नागरिकता , जन्मदर्ता , समाजिक सुरक्षा भता लगाएतका सवालहरुलाइ सहज ढंगले सम्बोधन गर्न माग गरिएको छ ।
हरवा चरवाहरुको पहिचान , प्रमाणिकरन र परिचयपत्र बितरण गरियोस साथै हरवा चरवाहरु भुमिहिन भएकोले भुमी माथी उनिहरुको स्वामित्व कायम गरियोस भनी ज्ञापन पत्रमा उल्लेख छ ।
हाल स्थानिय सरकारहरु बाट नै सम्बोधन हुन सक्ने खालका विभिन्न मागहरु जस्तै हरवा चरवाहरुको आय आर्जन प्रबर्द्धन गर्नका लागि जिउकोपर्जन सीप बिकास तालीमहरुमा समेत उनिहरुको पहुच कायम गरियोस भने मागहरू ज्ञापन पत्र मार्फत प्रस्तुत गरिएको रास्ट्रिय दलित नेटवोर्कका जनवकालत अधिकारी रुपनरायन पासवानले बताए ।
सदियो देखि हरवा चरवा प्रथा बाट प्रताडित भइ सामाजिक , आर्थिक , राजनितीक र शैक्षिक दृस्ठिले पिछाडि परेकाहरु लाई राज्यको मुलधारमा ल्याउनु राज्यको प्रमुख दाइत्व भएकोले हम्रा मागहरू अबिलम्ब सम्बोधन हुनु पर्ने हरवा चरवा अधिकार मंच बिरगंजका अध्यक्ष जयप्रकाश माझिले बताए ।

Comments (0)
Add Comment