सोनार समाज पर्साको बैठक वीरगन्जमा सम्पन्न, समाजिक कार्यमा क्रियाशिल हुने निर्णय

वीरगन्ज ३२ जेष्ठ / नेपाल सोनार समाज पर्साको बैठक शनिबार वीरगन्जमा सम्पन्न भएको छ । वीरगन्जको गितामन्दिर रोड स्थित रहेको ऊं साई मन्दिर प्रारङ्गगनमा सम्पन्न बैठकले सोनार समाज समाजिक कार्यमा क्रियाशिल भएर अगाडी बढने लगायत विभिन्न निर्णयहरु गरेको छ ।
समाजका जिल्ला अध्यक्ष भुलन साह सोनारको अध्यक्षतामा भएको बैठकले समाजप्रति उत्तरदायित्वको भुमिका निर्वाह गर्ने क्रममा आउँने मंगलबारका दिन वीरगन्जको आर्दशनगरस्थित आमाको मायाको छात्रावासमा सहयोग गर्ने निर्णय गरेको छ । बैठकले छात्रावासमा बस्दै आएका २२ जना विद्यार्थीहरुलाई समाजले स्कुल पोशाक उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष सोनारले बताए ।
नयाँ शैक्षिक सत्रको शुरुवात संगै छात्रावासमा बस्दै आएका अनाथ बालबालिकाहरुलाई स्कुल पोशाकको अभाव रहेकोले उनीहरुलाई एक÷एक थान स्कुल पोशाक उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष सोनारले बताए । बैठकले समाजको संगठन विस्तार, संगठन विस्तारको जिम्मेवारी बाँडफाँड लगायतको विषयमा बृहत छलफल गरि निर्णय गरिएको समाजका सचिव प्रवेश सर्राफले बताए ।
बैठकमा समाजका अगुवा एवं नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ का सभापती विजय सर्राफले सोनार समाजले क्षेत्रलाई सिमित होईन यसको दायरा फराकिलो बनाएर समाजका पिछिडिएर रहेको व्यक्तिलाई उत्थान गर्न तर्फ अग्रसर हुन सुझाव दिए । उनले भने, समाजको उत्थानको साथै अन्य समाजिक गतिविधि तर्फ अग्रसर भए मात्र आफनो समुदायको पहिचानलाई अगाडी बढाउँन सक्छौ ।
बैठकमा समाजका अगुवा बच्चा सर्राफ, वडा नम्बर ३ का वडा अध्यक्ष बैजु स्वर्णकार, समाजिक अभियन्ता एवं समाजका युवा अगुवा ओमप्रकाश सर्राफ, समाजका सदस्य प्रमोद सर्राफ, राजकुमार सर्राफ, रामनरेश प्रसाद सोनार, रवि सर्राफ, अनिल सर्राफ, लक्ष्मण सर्राफ, कृष्ण सर्राफ, प्रेम सर्राफ र नरेश सर्राफ लगायतको सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment