सीमा नाका हुदै हुन्छ चल्लाको तस्करी, सुरक्षाकर्मी मुखदर्शक

उमेश दुबे
पर्सा, २ कार्तिक ÷ पर्साको सीमावर्ती क्षेत्रको बिभिन्न नाकाहरुबाट चल्ला तस्करी तिब्र रुपले अगाड िबढेको छ । बिगत केही बर्षदेखी भारतबाट आयात हुने चल्ला हालको समयमा नेपालबाट भारततर्फ निर्यात गरी तस्करी कार्य अगाडी बढाएका हुन ।
चल्ला तस्करीमा कुख्यात तस्करको रुपमा चिनिने लकिचन्द साहले पर्साको सीमावर्ती क्षेत्रहरुबाट चल्लाको तस्करी कार्य जारी राखेपनि सीमा नाकामा खटिएका प्रहरीहरु मासिक नजराना बुझी मौन धारण गरेको बुझिन्छ । नेपालमा प्रति गोटा २५ देखी ३० रुपैया नेपाली कुखुराको चल्ला भारतमा प्रति गोटा ४५ रुपैया भारु पर्ने भएकोले निर्यात भइरहेको बुझिन्छ । नेपालको बिभिन्न पोल्टीफार्मबाट खरिद गरिएको कुखुराको चल्ला सीमा नाका हुदै भारतसम्म पुग्ने गरेको छ ।
नेपाल र भारतको सीमा नाकाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी र शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरीले मासिक लाखौ रुपैया नजराना बुझे पश्चात कुखुराको चल्ला तस्करी तिब्र रुपले अगाडी बढेको बताइन्छ । पर्साको आसवारी, पकाहा मैनपुर, जानकीटोला लगायतको ठाउहरुबाट चल्लाको तस्करी तिब्र रुपले अगाडी बढेको छ ।
शनिवार काठमाण्डौको ह्याचरीबाट पर्साको नाममा आएको ४५ हजार चल्ला पकाहामैनपुर र जानकीटोला नाका हुदै भारत पुगेको तस्कर श्रोतले नै आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन । उनका अनुसार स्थानीय प्रहरी चौकी र सशस्त्र क्याम्पमा मासिक रुपैया बुझाउने गरेकोले कुनै रोकटोक बिना भारत पु¥याउन सफल भएको बताए । उनका अनुसार नेपालको बिभिन्न ठाउहरुबाट पिकअपको माध्यमले सीमासम्म आउने गरेको र त्यस पश्चात मोटरसाइकल र साइकलको माध्यमले भारतसम्म पुग्ने गरेको बताएका छन ।
यता सीमा नाकाबाट तस्करी पूर्ण रुपले बन्द रहेको ठोकुवा गर्ने सशस्त्र प्रहरी र नेपाल प्रहरीको कार्यशैली माथि नै प्रश्ण चिन्ह खडा भएको छ । बन्द भनिएको सीमा नाका तस्कर गिरोहहरुको लागी रातभर खुल्ला हुने गरेको पाइएको छ ।

Comments (0)
Add Comment