शुक्रबार र शनिबार टेलिकमको सेवा अवरुद्ध हुने

नेपाल टेलिकमले आफ्नो मोबाइल सेवा शुक्रबार र शनिबार अवरुद्ध हुनसक्ने जनाएको छ। टेलिकमको मोबाइल सेवाको गुणस्तर सुधार गर्ने कार्य भइरहेकोले काठमाडौँका विभिन्न स्थानमा मोबाइल सेवा अवरुद्ध हुन लागेको हो।

टेलिकमका अनुसार जिएसएम मोबाइल सेवा कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गर्न लागिएको हुनाले शुक्रबार रातीदेखि शनिबारसम्म टेलिकमको वायरलेस सेवाअन्तर्गतका जिएसएम तथा सिडिएमए सेवाका भ्वाइस, डाटा, एसएमएस, वाइम्याक्स र रिचार्जजस्ता सेवा अवरुद्ध हुनसक्नेछ।

त्यसैगरी शनिबार टेलिकमको सम्पूर्ण ग्राहक सेवा केन्द्र, रिचार्ज, सिम कार्ड एक्टिभेसन समेत बन्द हुने टेलिकमले जनाएको छ।

Comments (0)
Add Comment