विश्व आत्महत्या रोकथाम दिवस वीरगंजमा पनि मनाईयो

वीरगंज २४ भदौ,
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज वीरगंजमा चेतना मुलक रयाली प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । डा.भरत कुमार गोईतको नेतृत्वमा वीरगंजका युवाहरुद्वारा वीरगंजको घण्टाघरबाट निकालिएको रयालिले नगर परिक्रमा गरेको थियो । रयाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मनोरोग तथा नशा रोग विशेषज्ञ डा.भरत कुमार गोईतले नेपालमा समेत आत्महत्याको दर प्रति बर्ष बढदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई रोकथाम गर्न सबैजना आ-आफ्नो क्षेत्रबाट जुटनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा डा.अरुण कुमार सिंह, डा.उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण मनोज साहले गर्नु भएको थियो ।

Comments (0)
Add Comment