लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पस र साहिब दरबार सेवा संस्थानद्वारा रक्तदान कार्यक्रमको आयोजना

वीरगन्ज १२ असोज / लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पस र साहिब दरबार सेवा संस्थानको संयुक्त आयोजनामा आज वीरगंजको राणी सती धर्मशालामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १० महिला सहित १ सय ३६ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय जनता पार्टीका महासचिव एवं साहिब दरबार सेवा संस्थानका संरक्षक राजेशमान सिंहको सभापतित्वमा सम्पन्न रक्तदान कार्यक्रममा लायन्स क्लबका सिनियर एडभाईजर लायन देव चौधरीले रक्तदान गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लबका एडभाईजर लायन उमेश साह कानु, ग्रिन क्याम्पसका सचिव लायन पुरूषोत्तम गुप्ता लगायत नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डे सहित सुजित पटेल, विकास कुशवाहा, संदिप कुशवाहा, राजाबाबु गुप्ता, कोमल साह, प्रिया साह, तुलसी गुप्ता लगायतले प्राविधिक सहयोग गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसको सकृयतामा अाज भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरूको रगत समुहको अभिलेखिकरण राख्ने अभियानको शुरूवात गरिएको लायन्स क्लब अफ वीरगंज ग्रिन क्याम्पसका अध्यक्ष लायन विजय कुशवाहाले बताउनु भयो ।
?
आगामी दिनमा सर्वसाधारणलाई सजिलै रगत उपलब्ध गराउन क्लबले छिट्टै रक्तदाता एवं रक्त समूह अभिलेखिकरण सहितको सुविधासम्पन्न मोबाईल एप्लिकेसन संचालनमा ल्याउने अध्यक्ष विजय कुशवाहाले बताउनु भयो ।

Comments (0)
Add Comment