लागु औषध सहित पक्राउ परेका दम्पतीलाई छुटाउने प्रयास

पर्सा, ३ असार / लागु औषध व्यूरो कार्यालय पर्साले नाइट्रोभेट ट्याब्लेट सहित पक्राउ गरेका श्रीमान श्रीमतिलाई राजनीति दलका केही नेताले छुटाउने प्रयासरतमा छन । लागु औषध ओसार पोसारमा बिगत लामो समयदेखी आवद्ध रहेका श्रीमान श्रीमतिलाई छुटाउने केही राजनीति दलका नेताले प्रहरी प्रशासनमा केही आर्थिक प्रलोभन समेत दिएको खुल्नमा आएको हो ।
यहि जेष्ठ २९ गते वीरगंज महानगरपालिका वडा नम्बर १६ रजतजन्ती चौकबाट लागु औषध ब्यूरो कार्यालयबाट खटिएको टोलीले नाइट्रोभेट ट्याब्लेट ३० पता ३ सय पिस सहित श्रीमान श्रीमतिलाई नियन्त्रणमा लिएको थियो । बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ५ नकटुवा निवासी ३७ बर्षिय सुदिल कुमार सोनार र २७ बर्षिय सिता देवी सोनारलाई लागु औषध नाइट्रोभेट ट्याबलेट सहित ब्यूरो कार्यालयले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको दुबै दम्पतीलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको लागु औषध ब्यूरो पर्साका प्रमुख प्रहरी नायब निरीक्षक भरत पुडासैनीले जानकारी दिनुभयो ।
लागु औषध कारोवारलाई तिब्रता दिने सोनारलाई बिशेष सुचनाको अधारमा पक्राउ गरिएको समेत पुडासैनीले जानकारी दिनुभयो । उहाले सोनारले भारतबाट नाइट्रोभेट ट्याबलेट खरीद गरी आफ्नै मेडिस्टोरबाट बिक्रि बितरण गरिरहेको बिशेष सूचनाको आधारमा भारतबाट ल्याउने क्रममा पक्राउ गरिएको जिकिर गर्नुभयो । भारतको रक्सौलबाट मोटरसाइकलको माध्यमले फलफुल भित्र लुकाई राखी ल्याउदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब निरीक्षक पुडासैनीले जानकारी दिनुभयो ।
तर अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएका दम्पतीलाई छुटाउनको निम्ति केही राजनीतिकर्मी मुदालाई कमजोर बनाउन लागि परेका छन । प्रहरीलाई आर्थिक प्रलोभन पारेर मुदालाई कमजोर बनाउनको निम्ति केही राजनीतिकर्मी लागि परेको प्रहरी श्रोतबाटै खुलेको हो । श्रोतका अनुसार बाराको क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने एक जना नेताको आफ्न्तले मुदालाई कमजोर बनाउन लागि परेको बताए । आफ्नै नातेदार भएको कारण लागु औषध मुदामा पक्राउ परेका ती दम्पतीलाई छुटाउन बिभिन्न प्रलोभन देखाउदै प्रहरीलाई मुदा कमजोर बनाउने दवाब समेत दिएको श्रोतको दावी रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले लागु औषध सहित पक्राउ परेका दम्पती माथि लागु औषध ओसार पोसार मुदा चलाइने बताउनु भयो । उहाले यस बिषयमा कुनैपनि नेता संग दवाब नआएको र आएपनि कारवाहीबाट पछि नहट्ने समेत जिकिर गर्नुभयो ।

Comments (0)
Add Comment