राष्ट्रिय जनता पार्टी, पर्सा जिल्ला समितिको बैठक सम्पन्न

उमेश दुबे
पर्सा, २ श्रावण / पर्सा जिल्लामा राष्ट्रिय जनता पार्टी पर्सा जिल्ला समितिको बैठक सम्पन्न भएको छ । आज सम्पन्न राष्ट्रिय जनता पार्टी, पर्सा जिल्ला समितिको बैठकमा बिरगंज महानगर अध्यक्षको जिम्मेवारी लियाकत अलिलाई दिइएको हो ।
त्यस्तै बीरगंज महानगरको युवा अध्यक्षमा राजु गुप्ता, सचिवमा संजीव यादव, कोषाध्यक्षमा भूषाल चौरसिया र महानगरको दलित अध्यक्षमा अजय पासवानलाई जिम्मेवारी दिएको छ । सो बैठकको अध्यक्षता जिल्ला संयोजक बिरेन्द्र यादवले गर्नु भएको थियो । बैठकमा महासचिव राजेश मान सिंह, केन्द्रीय सदस्यहरू शम्भु प्रसाद चौरसिया, बाबुलाल यादव, अध्यक्ष मण्डलको अध्यक्ष प्रेम बाबु पटेल, उपाध्यक्ष मदन प्रसाद यादव, सचिव उमेश लाल सहनी, जिल्ला युवा अध्यक्ष सुशील पटेल, जिल्ला युवा दस्ताको अध्यक्ष बिष्णु पटेल, ठाकुर राम क्याम्पसको ईकाइ अध्यक्ष अमित यादव , युवा नेताहरू अफरोज अालम, सौकत अली, भानु यादव, श्रवण यादव, दलितको केन्द्रीय सदस्य रामबाबु पासवान, मुस्लिम बिभागको महानगर अध्यक्ष वकिल हवारी, बीरगंज महानगर पालिकाका ३ नं र ५ नं का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया लगायतका उपस्थिति रहेको थियोे ।

Comments (0)
Add Comment