राजस्व गस्ती टोलिद्वारा २ लाख ७२ हजार बराबरको कपडा बरामद

उमेश दुबे
पर्सा, ४ चैत्र / नेपालकै आर्थिक राजधानीको रूपमा मानिएको बिरगंज भन्सार कार्यालयको राजस्व गस्ती टोलिले भारतबाट अबैध तरिकाले भित्रिएको कपडा बरामद गरेको छ । भारतबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको सूचना पाउनसाथ बिरगंज भन्सार राजस्व गस्ती टोलिले बरामद गरेको हो ।
नेपालकै आर्थिक नगरीको रूपमा मानिएको बिरगंजको सीमा नाकाबाट तस्करीको माध्यमले कपडा भित्रिदै गरेको सूचना पाउनसाथ बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले बरामद गर्न सफल भएको हो । भारतबाट नेपाल भित्रिदै गरेको अवस्थामा बिरगंज महानगरपालिका वडा नम्बर १६ रजतजन्ती चौकबाट पक्राउ गरिएको डिएसपी खडकाले बताउनु भयो ।
बिरगंजको रजतजन्ती चौकमा डिएसपी खडकाको गाडी हेर्नसाथ तस्करहरू कपडाको पोका फालेर फरार भएको र बरामद भएको कपडा, मरिच करीब २ लाख ७२ हजार बराबरको रहेको डिएसपि खडकाले बताउनु भयो । उहाले बरामद भएको कपडा र मरिच अवाश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको बताउनु भयो ।

Comments (0)
Add Comment