मानव बेचबिखन तथा ओसार पसारमा संलग्न २ जना पक्राउ, ७ जना पिडित महिला उद्धार

पर्सा, १२ भदौ ÷ मानव बेचबिखन तथा ओसार पसारमा संलग्न २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ भने ७ जना पिडित महिलालाई उद्धार गरेको छ । नेपालबाट भारतसम्म पु¥याई युवतीहरुको बेचबिखन भइरहेको बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले त्यसमा संलग्न दुई जनालाई पक्राउ गरेको छ भने ७ जना पिडित महिलाहरुलाई उद्धार गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले विभिन्न जिल्ला र वतनबाट ७ जना युवतीहरूलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौडादानो नगर पञ्चायत छौडादानो वडा नं. ११ आदापुर बजार भन्ने स्थानमा पु¥याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त भएको बताए । उनले सुचनाको आधारमा भदौ ९ गतेको दिन टोली परिचालन गरिएको र भारतीय काउन्टरपार्ट्सस“ग समन्वय गरी २ जनालाई नियन्त्रणमा लिनुको साथै ७ जना युवतीहरुलाई उद्धार गर्न सफल भएको बताए । आफन्त नेपाल संस्थास“गको सहकार्यमा भारतमै पुगी उद्धार गरिएको, उनले बताए ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण थाना छौडादानो बस्ने विकेश कुमार र सोही स्थान बस्ने अजिमा खातुनले निजहरूलाई अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वास र झुक्यानमा पारी ब्यानबाट खुल्न आएको प्रहरी उपरीक्षक पाण्डेले बताउनु बताउनु भयो । लोभ लालच देखाई लगिएका युवतीहरुको मोवाइल फोन खोसी एउटा आध्यारो कोठामा नियन्त्रणमा राखिएको अवस्थामा फेला पारिएको समेत उनले बताए । प्रहरी उपरीक्षक पाण्डेका अनुसार भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत अशोभनीय पोशाकमा बिनापारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको खुल्न आएको तथा सोही बमोजिमको जाहेरी दरखास्त पीडितहरूबाट प्राप्त भएको हु“दा निजहरूलाई झुक्याई बेचबिखन गर्ने उद्देश्यले लैजाने कार्यमा संलग्न दुबै जना पक्राउ गरिएको बताउनु भयो ।
पक्राउ गरिएको दुबै जनामाथि मानव बेचबिखन तथा ओसार पसार मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनु भयो । उहा“ले सम्मानित पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको समेत बताउनु भयो ।

Comments (0)
Add Comment