मानव आश्रमको लागि सहयोग गर्न प्रजिअ घिमिरेको आग्रह

बीरगंज,  पुस  ११ : जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले मानव सेवा आश्रमको भवन निर्माणका लागि जिल्लामा रहेका ऐलानी जग्गाका पहिचान गर्न नापी र मालपोत कार्यालयलाई निर्देशन दिएको बताउनु भएको छ ।

बीरगंज पब्लिक कलेज र मानव सेवा आश्रमले आज बिपिसी कलेजमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले उपयुक्त ऐलानी जग्गा पाए आश्रमलाई नेपाल सरकारको नीति अनुरुप लिजमा दिन सकिने बताउनु भयो ।

साथै उहा“ले आश्रमको गतिविधिबाट केही दानबीरहरुले रुचि देखाएको र आप्mनो सम्पर्कमा आएको बताउनु हुदै उहाले यदि त्यस्तो जग्गा पाए दानकै रुपमा पाइने समेत बताउनुभयो । कार्यक्रममा कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, राजाराम पौडेल, किरण केसी, यमन श्रेष्ठ, मोहितवंश आर्चाय, माण्डवी त्रिपाठी, अञ्चल प्रहरी कार्यालय नारयणी बीरगंजका प्रहरी वरिष्ठ उपरिक्षक नारायणसिंह खड्का, प्रहरी उपरीक्षक गोविन्द कुमार साह लगायतको सहभागिता रहेको थियो ।

बिपिसी कलेजका सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

Comments (0)
Add Comment