मधेसी समुदायको अधिकार नपाए सम्म देशमा राजनीतिक स्थिरता र शान्ति नआउने ः उपाध्यक्ष गदी

वीरगंज २२ माघ : संघिय समाजवादी फोरम नेपाल पर्साको आज वीरगंज उपमहानगरपालिका वडा नं. १६ मुर्लीमा पार्टी प्रवेश तथा को वडा अधिवशेन सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै पार्टीका केन्द्रिय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत गदीले मधेसी, जनजाति, आदिवासी, पिछडावर्ग, अल्पसंख्याक तथा उत्पीडित समुदायको मुक्ति नभए सम्म देश विकास गर्न नसक्ने दाबी गर्नु भएको थियो । मधेसी समुदायको अधिकार नपाए सम्म राजनीतिक स्थिरता, शान्ति तथा आर्थिक विकास हुन नसक्नेमा चर्चा गर्दे देशमा असमान्ता, बिभेद रहेसम्म आन्दोलन जारी रहनेमा जोड दिनु भयो ।

साथै आउदो पर्सा जिल्लाको अधिवेशनलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि पार्टीका नेता, कार्यकर्ता एवं युवाहरुलाई आग्रह गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका बिजय साह, सेराजुल मंसुरी लगायत २ सय जनाले विभिन्न पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका थिए ।

नवप्रवेशीहरुलाई पार्टीका केन्द्रिय उपाध्यक्ष लालबाबु राउत गदी, पूर्व मन्त्री एवं पार्टीका केन्द्रिय सदस्य करिमा बेगम, बिरेन्द्र यादव, मधेस प्रदेश सचिव सलाउदिन अहमद, जिल्ला अध्यक्ष प्रदिप यादव लगायतका नेताहरुले अबिर टिका लगाएर पार्टीमा स्वागत गर्नू भएको थियो ।

सेराजुल मंसुरीको अध्यक्षता ३१ सदस्यीय वडा कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा बिजय साह कानु र साबिर अंसारी, सचिवमा अरुण यादव लगायत रहनु भएको छ । शेख रुसतमको अध्यक्षतामा भएको कार्यक्रममा नेक अंसारी, सदाम अंसारी, युवा केन्द्रिय सदस्य नासिर खान, क्षेत्र नं. ३ का अध्इक्ष मनोज यादव, लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यसैगरी वीरगंज उपमहानगरपालिकाको वडा नं. १७ बहुवरीको वडा अधिवेशन सम्पनन भएको छ ।

रफिक अंसारीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको छ । जस्को उपाध्यक्षमा देवकरण प्रसाद, सचिवमा कासिम हुसैन, सहसचिव राकेश कुमार तिवारी, कोषाध्यक्ष दिलसाद अंसारी लगायत २१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

Comments (0)
Add Comment