भवानी अस्पतालको चरम लापरबाही, गरिबलाई डस्न छोड्दैन

पर्सा, ३० मंसिर /
मापदण्ड विपरित खुलेको भवानी अस्पताल एण्ड रिसर्च सेन्टरले आफ्नो कर्तुतलाई दिन प्रतिदिन उदाङ्गो बनाउँदै आएको छ । गरिब, विपन्न र आर्थिक हैसियत कम भएका व्यक्तिहरु उक्त अस्पतालमा पुगेपछि अस्पतालले नै अनावश्यक उपचार पद्दतीको कुरा गरेर बिल्लीबाँठ बनाउँदै आएको समाचार प्राप्त भएको छ ।

बारम्बार विवादास्पद बनेको भवानी अस्पतालले रोगीहरुलाई सेवा दिनुको साटो यातना दिने गरेको प्रमाणहरु बजारमा आएका छन् भने आजै मात्र वीरगन्जको बसपार्कमा दुर्घटनामा परि सामान्य घाइते भएका भारतको गंगापुर निवासी मन्दिप कुमारलाई आफू धेरै पैसा तिर्न सक्दिन सरकारी अस्पतालमा जान्छु भन्दा भन्दै शुरुमा पैसा कम पर्छ भनेर जबरजस्ती ब्याण्डेज गरेर पछि तीनवटा टाँकाको पाँच हजार लाग्छ भन्दै बन्धक बनाई रकम लिन खोजेका थिए । अस्पतालमा कार्यरत डा. श्यामबाबु साह एण्ड कम्पनीका द्रब्य पिचासले भारतीय नागरिक भनेको थाहा पाउने वित्तिकै लखनऊ लुट मचाएर विरामीलाई ठग्नु स्वास्थ्य पेशा जस्तो गरिमामय पेशाको नै बदनामी गरेको कुरा भवानी अस्पताल पिडितले बताएका छन् ।
भवानी अस्पताल एण्ड रिसर्च सेन्टर बिगत केही बर्ष भित्र विवादमा पर्दै आएपनी समबन्धित निकाय मौन हुनु बिडम्बनाको बिषय बनेको छ । उपचारको नाममा भवानी अस्पतालले दिन प्रती दिन उपचार गराउन आउने सेवाग्राहीलाई दु:ख दिदै आएपनी सम्बन्धि निकाय मौन हुनु लाजमर्दो कुरो रहेको बुझिन्छ । आफ्नो स्वार्थको लागि बिरामीको जीवन सङ्ग खेलवाड गर्ने यस्ता अस्पताल जस्तै धेरै अस्पताल संचालनमा आएको छ तर अनुगमन गर्ने निकायनै भ्रस्टाचारीहरूको सहयोग गर्दा यस्ता अस्पताल बिरगंजमा सफल हुन पुगेको बिरामीहरू बताउछन । तसर्थ: यस्ता अस्पताल माथी समबन्धित निकायको ध्यान नगए बिरामीको जीवन सङ्ग खेलवाड गर्ने अस्पताल सङ्ग समेत सेटिङ्ग रहेको बारे दुइमत नहुने बुझिन्छ ।

Comments (0)
Add Comment