बोर्डर आउट पोस्टहरूको नवनिर्मित भवनहरूको उदघाटन

उमेश दुबे
बारा, २६ माघ / आज एक समारोहका बिच बोर्डर आउट पोस्टहरूको नवनिर्मित भवनहरूको उदघाटन गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २ बाहिनीका प्रमुख डिआइजी राजु अर्यालले सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट कवहिगोठ र पिपरपातीको नवनिर्मित भवन हरूको उदघाटन गरेका हुन ।

बाराको सुवर्ण गाउपालिका वडा नम्बर २ को इटियाहीमा बोर्डर आउट पोस्ट कवहिगोठ र सिम्रौणगढ नगरपालिका वडा नम्बर १ स्थित रहेको बोर्डर आउट पोस्ट पिपरपातीको नवनिर्मित भवन उदघाटन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । ९९ लाख ९९ हजार ९ सय ६ रूपैयाको लागतमा दुइटै बोर्डर आउट पोस्टको भवन निर्माण भएको सशस्त्र प्रहरी बलले जनाएको हो । उक्त भवनहरूमा कार्यालय, कार्यालय प्रमुख निवास, मेष, ब्यारेक आदि रहेको छ ।
उक्त उदघाटन कार्यक्रममा बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोखरेल, सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानिय तहका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको थियो । उदघाटन कार्यक्रममा बोर्डर आउट पोस्ट निर्माण गर्न सहयोग गर्नु हुनेहरूलाइ प्रशन्सा पत्र समेत बितरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Comments (0)
Add Comment