बाराको बलिरामपुर हुँदै नूनदेखी सुनसम्मको तस्करी, प्रसनी पौडेल भए मालामाल

उमेश दुबे
बारा, ३० श्रावण / बाराको बलिरामपुर नाका हुँदै नूनदेखी सुनसम्मको तस्करी भइरहेपनी प्रहरी चौकी मुसहर्वाका प्रहरी सहायक निरीक्षक पौडेल मालामाल भएका छन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रहरी सहायक निरीक्षक पौडेल प्रहरी चौकी मुसहर्वामा आउनसाथ तस्कर समुहहरू सङ्ग लाखौ रूपैया नजराना बुझी तस्करी लाइन सुचारु गरेका हुन ।
बलिरामपुर नाका हुँदै भैसी, राङ्गा, हार्डवेयर, कपडा, रक्सी लगायतको तस्करी कार्य फस्टाएको छ । सीमा नाकामा सशस्त्र प्रहरीको निगरानी बढेपनी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले प्रहरी सहायक निरीक्षक पौडेलको इशारामा स्कटिङ्ग समेत गर्ने गरेको बताइन्छ । मुलुक लगायत विश्व व्यापी फैलिएको कोरोना भाइरस महामारीको समयमा प्रहरी सहायक निरीक्षक पौडेल आफ्नो मनोमानी पाराले लाखौ रकम बुझी तस्करीको लाइन सुचारू गरेका हुन ।
एक जना प्रहरी श्रोतका अनुसार बिगत एक महिना अगाडी आएका प्रहरी सहायक निरीक्षक पौडेल विभिन्न किसिमका समाग्री नेपाल र भारतबाट अबैध रूपमा आयात निर्यात गर्ने तस्कर गिरोह सङ्ग रकम लिएर कार्य सुचारू गरेको बताए । उनले माथिल्लो निकायकै आशरा पाए पश्चात् प्रहरी चौकीलाई कमाइ खाने भाडो बनाएको बताए ।
राती मात्र नभइ दिउँसो पनि तस्करीको लाइन सुचारू भएको एक जना स्थानियले बताएका छन । उहाले आफ्नो नाम नछाप्ने सर्तमा प्रहरी सहायक निरीक्षक पौडेलले १ लाख रूपैया बुझे पश्चात् हार्डवेयरको लाइन दिएको र हार्डवेयरको नाममा एकैरातमा ५० वटा इनभर्टर नेपाल भित्रिएको बताए । रातिमा गस्तीको नामले आफै खटिने गरेको र सशस्त्र प्रहरीको ड्युटीको बिषयमा समेत तस्करलाइ खबर गर्ने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीले सीमा नाकामा समेत निगरानी बढाउन निर्देशन दिएपनी प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले सशस्त्र प्रहरीले खटेको बिषयमा तस्करलाइ जानकारी गराउदै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक पङ्गेनीको आदेशलाइ धज्जी उडाउने प्रहरी सहायक निरीक्षक पौडेल माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment