फोरम नेपालको बन्दसत्र सुरु

वीरगंज, २९ माघ : संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको छ । पार्टीको जिल्ला अध्यक्ष प्रदिप यादवको अध्यक्षतामा सुरु भएको बन्दसत्रको प्रमुख अथिति पार्टीको केन्द्रिय उपाध्यक्ष सांसद लालबाबु राउत गद्दी हुनु हुन्छ ।

पर्सा जिल्लाको ५ वटै अन्तर्गत वडा, गा.वि.स करिब आठ सय प्रतिनिधिको सहभागिता रहेको छ । कार्यकर्ममा पार्टीको जिल्ला अध्यक्ष प्रदिप यादवले राजनीतिक प्रतिवेदन जिल्ला सचिव नगेन्द्र यादवलाइ संगठित प्रतिवेदन तथा कोषाध्यक्ष हिरालाल यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु हुने बिधार्थी युवा फोरमको केन्द्रिय सदस्य निखिल बर्नावलले जानकारी दिनु भएको छ ।

 

Comments (0)
Add Comment