फोरम नेपालको पार्टी प्रवेशमा ओर्लियो जनसागर (फोटो फिचर सहित )

पोखरिया, चैत्र ०६ – संघिय समाजवादी फोरम नेपालमा नेपालका विभिन्न बहुचर्चित व्यापारीहरुको एउटा ठूलो समूहले प्रवेश गरेको छ । विसौउ हजारको उपस्तिथी विच सम्मपन्न भएको आजको पार्टी प्रवेश कार्यक्रम र विसाल आम सभामा विभिन्न पार्टी परित्याग गरि  हजारको संख्यामा आमजनता फोरम नेपालमा प्रवेश गरेका छन् |

फोरम नेपाल द्वारा पर्सा जिल्लाको पोखरिया नगरपालिकामा पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा  आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रम र विसाल आम सभामा विभिन्न व्यापारी, उद्धमीहरुले र आम जनताको ठूलो समूहले प्रवेश पार्टी प्रवेश गरेका हुन् । नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा फोरम नेपाल प्रवेश गरेको फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले जनाएका छन् ।

वीरगञ्जस्थित पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनियार, चर्चित उद्योगपति विजय सरावगी, जगदम्बा इन्टरप्राइजेजका संचालक रमेश अग्रवाल, वर्णवाल समाजका अध्यक्ष एवं चर्चित उद्योगपति रविन्द्र वर्णवाल, सत्य सिनेमाका संचालक, व्यापारी  एवं नेपाली कांग्रेसका नेता प्रमोद साह कानु, मा दुर्गा फुड इण्डष्ट्रिजका संचालक अंकित अग्रवाल, विसीसी क्याम्पसका निर्देशक सुसिल भट्टराई, जितपुर निवासी विट्टू इन्टरप्राइजेजका संचालक विट्टु गुप्ता, हिन्दु स्वयम सेवक संघका केन्द्रिय सल्लाहाकार एवं नेपालका बहु चर्चित हिन्दुवादी नेता ज्योतिलाल कलवार, वैशणी सिनेमा हलका संचालक एवं नेपाली कांग्रेसका नेता जोगिन्दर साह लगायत हजारौले आज उक्त कार्यक्रम विच पार्टी प्रवेश गरेका हुन् ।  तराई मधेश प्रदेशका अभियानका नेता सिपु तिवारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेता अशेश्वर यादवले पनि फोरम नेपालसँग जोडिएका छन् ।

नेकपा एमालेका जिल्ला सदस्यहरु नन्दु बैठा र हिमाचल कुशवाहले पनि एमाले परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् । हजारौंको संख्यामा गाउँगाउँबाट आएका आमजनताको बृहत् समूह पनि पार्टी प्रवेश गरेको छ ।

नवप्रवेशी उद्योगपति, व्यापारी, नेता र आमजनतालाई संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले फूलमाला र अबीरले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।

फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष प्रदीप यादवको विशेष पहलमा आयोजना गरिएको बृहत् पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष एवं सांसद् लालबाबु राउत, केन्द्रीय सदस्य करीमा बेगम, सांसद् श्रवण अग्रवाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा हजारको संख्यामा आमजनताको उपस्थिति रहेको थियो ।

Comments (0)
Add Comment