प्रहरीले दिलाउन सकेन पिडितलाई न्याय, अब अदालतको ढोका ढकढकाउने पिडित रायको भनाई

पर्सा, २६ असोज / पर्सा जिल्लाको वीरगंज स्थित संचालनमा रहेको सूर्य अस्पतालका डाक्टर सरोज सिंहको लापरवाहीले आफ्नो खुट्टा गुमाएको आरोप लगाउदै पं्रहरीमा जादापनि न्याय पाउन नसकेको आरोप पिडितले लगाएका छन । श्रावण महिनाको पहिलो सोमवारीको दिन घरमा काम गरिरहेको अवस्थामा छतको टप खसि घाइते भएको र खुट्टामा चोट लागेको कारण अस्पताल भर्ना भएपनि आफुलाई बेहोस गरी जानकारी नै नगराई आफ्नो खुट्टा काटिएको आरोप पिडितले लगाएका हुन ।
पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ५ पचरुखी बहुअर्वाका अन्दाजी ३६ वर्षीय धर्मदेव रायको सूर्या अस्पतालको लापरवाहीको कारण दाहिने खुट्टा नै गुमाउनु परेको बताएका छन । उपचारको क्रममा शल्यक्रिया गर्दा बिरामी र आफन्तको मन्जुरी लिनुपर्ने अवस्थामा कसैलाई पनि जानकारी समेत नगराई रायको दाहिने खुट्टा काटिदिएको पीडित रायले आरोप लगाए । वीरगन्ज महानगरपालिका रामगढवामा ठग पटेल र ओम पटेलको घर निर्माणको काम गर्दै गर्दा घरको टप खसेर रायको खुट्टामा गम्भीर चोट लागेको थियो । चोट लागेर गम्भीर घाइते भएका रायको नारायणी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा त्यहा“ कार्यरत डा.सरोज सिंहले राम्रो उपचार हुने भनेर आफ्नो निजी अस्पताल सूर्या अस्पतालमा भर्ना हुन सुझाव दिएको पिडितले बताए । आफु सूर्या अस्पताल जान नमानेपछि नारायणी अस्पतालमा नै आफुलाई दुईवटा सुई लगाएर सूर्या अस्पताल पु¥याएको उनले दुखेसो पोखे । सुई लगाए पश्चात आफु बेहोस रहेको र होस आउदा आफ्नो दाहिने खुट्टा नै गुमाइसकेको, पिडित रायले बताए ।
पिडित धर्मदेव रायका अनुसार सूर्या अस्पतालबाट डिस्चार्ज भए पश्चात आफुहरु जिल्ला प्रहरी कार्यालय पर्सामा आफ्नो इजाजत बिना नै खुट्टा काटिएको बिषयमा जानकारी गराएको बताउनु भयो । प्रहरीकै सल्लाह सुझावमा आफुहरु उजुर समेत हालेको बताए । उपचारमा समस्या हुन सक्ने एवं बढी खर्च लाग्न सक्ने कारण नै साहुले चिकित्सकलाई प्रलोभनमा पारेर खुट्टा काट्न लगाएको भन्दै प्रहरीमा गएपनि पर्सा प्रहरीले केही चासो नदेखाएकै कारण हालसम्म प्रहरीले मुद्धा दर्ता नगरेको उनको आरोप रहेको छ । उनका अनुसार खुट्टा काट्नु अघि बिरामी अथवा आफ्ना परिवारको कुनै सदस्य स“ग सहि छाप गराएर, स्विकृति लिएर खुट्टा काट्नु पर्ने थियो तर डाक्टर साबले त्यसो केही नगरी आफ्नो खुट्टा काटिएको आरोप लगाए । उपचारको क्रममा आफूलाई काममा लगाउने साहुले ८० हजार रुपैयाँ खर्च गरेको र रायको परिवारले १ लाख १७ हजार रुपैया“ लगाएर उपचार गराएको उनको भनाई छ ।
न्याय मांग्न जिल्ला प्रहरी कार्यालय पर्सामा जादा आफ्नो ज्वाईलाई समेत पर्सा प्रहरीले ४ घण्टा थुनामा राखि दवाब दिएको पिडितको भनाई रहेको छ । प्रहरीबाट न्याय पाउन नसकेपछि देशको चौथो अंग मानिने पत्रकारलाई गुहार्नु पर्ने बताए । बिभिन्न पत्र पत्रिका, टेलिभिजन र रेडियोहरुमा आफ्नो बिषयमा समाचार आउनसाथ आफ्नो पोल खुल्ने डरले पत्रकार भित्रै रहेका बहुरुपीयाले घरमै पुगी अस्पताल बिरुद्ध नजान र अस्पतालको केही गल्ती नरहेको भनि केमरा अगाडी बोलाउन खोजेको बताए । सोमवार अपरान्ह करिब १२ बजे गएको बहुरुपीया पत्रकारले आफुलाई डराउने प्रयास गरे पश्चात स्थानीय गाउका केही युवाहरुले केही बेर पक्राउ गरेर समेत राखेको उनले बताए ।
आफुलाई प्रहरीबाट न्याय नपाएको कारण अब अदालतको ढोका खटखटाउने पिडित धर्मदेव रायको भनाई रहेको छ । आफु होसमा हु“दा आफ्नो खुट्टा चलिरहेको कारण के कसरी र कसको इजाजतमा मेरो खुट्टा डाक्टरले काटेको भन्दै अदालत पुग्ने बताए । दशैको बिदा सम्पन्न हुनासाथ आफु अदालतमा पुगी खुट्टा काट्ने डाक्टर, काम लगाउने साहु र फर्जी हस्ताक्षर गर्ने माथि कारवाहीको मांग गर्दै जिल्ला अदालतमा मुद्धा गर्ने तयारी गरिसकेको पिडित रायले बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले आफ्नो कुनैपनि कर्मचारी पिडित संग त्यस्तो दुव्र्यहार गरेको भए कानुनी दायरामा ल्याउने बताउनु भयो । उहाले जिल्ला प्रहरी कार्यालय भित्र अधिकांश पिडित नै आउने गरेको कारण कुनै किसिमको पिडित संग त्यस्तो हुनै नसक्ने ठोकुवा गर्नुभयो । उहाले यस बिषयमा छतिपुतीको मांग गर्दै पिडितले उजुर दिएको र यस बिषयमा छिटै टुंगो लाग्ने बताए । घरमा काम लगाउनेको बिरुद्ध पिडितबाट उजुर आएको र यो बिषय छिटै निष्कर्षमा पुग्ने प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिनुभयो ।
पिडित भनिएका धर्मदेव रायले आरोप लगाएको बिषयमा सूर्या अस्पतालकी संचालिका मोनिका सिंह संग सम्पर्क गर्न खोज्दा उहा सम्पर्कमा आउन चाहिन्न । अस्पतालमा डा. सरोज सिंहले गरेको कार्यको बिषयमा पटक पटक बुझन खोज्दा संचालिका सम्पर्कमा आउन चाहिन्न ।

Comments (0)
Add Comment