प्रहरीलाई घुस दिन खोज्ने चल्ला तस्कर बारा प्रहरीको नियन्त्रणमा

पर्सा, २९ श्रावण / भारतबाट अबैध तरिकाले चल्ला नेपाल भित्र्याइ विभिन्न ठाउहरूमा पुर्याउने उदेश्यले प्रहरीलाई घुस दिन प्रयास गर्दा चल्ला तस्करलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागर राणालाइ घुस दिने प्रयास गरे पश्चात् चल्ला तस्करलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।
बारा प्रहरीका अनुसार बिरगंज महानगरपालिका वडा नम्बर २२ निवासी उपेन्द्र यादवले इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी नायब निरीक्षक सागर शम्सेर राणालाइ १० हजार रकम घुस दिन खोज्दा पक्राउ गरि कारवाही अगाडी बढाएको बारा प्रहरीले जनाएको छ । घुस दिन आउदा पटक पटक जान भन्दापनी नमाने पश्चात् पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक सागर शम्सेर राणाका अनुसार आफ्नो संगठनको नीति निर्देशन विपरीत कार्य गराउन खोजेकोले नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको बताए ।

Comments (0)
Add Comment