प्रहरीकै सहयोगमा सन्चालनमा रहेका मदिरा बनाउने ट्यान्कीमा एकै परिवारका ५ जनाको शब बरामद (भिडियो सहित)

उमेश दुबे
पर्सा, १५ आश्विन / बाराको फेटा गाउपालिका वडा नम्बर ४ बतरामा अबैध घरेलु मदिरा बनाउने ट्यान्किमा ५ जनाको शब बरामद भएको छ । बतरामा हालै सन्चालनमा आएको मदिरा बनाउने ट्यान्किमा एकै परिवारका ५ जनाको शब बरामद भएको हो ।
टयान्कीमा बरामद भएको ५ जनाको सनाखत भएको र मृत्यु के कसरी भएको बारे प्रहरीले अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ । मृत्यु हुनेमा फेटा गाउपालिका वडा नम्बर ४ निवासी मुखिया बिन, उनकी श्रीमती लालमुनि देवी, छोरी १२ वर्षकी सुमनी देवी, जोगाका भाइ महेन्द्र मुखिया बिन र एक जना भारतीय रहेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीकै सहयोगमा अबैध घरेलु मदिरा भट्टी सन्चालनमा रहेको यहि घटनाबाट प्रष्ट हुन्छ । प्रहरीकै सहयोगमा सन्चालनमा रहेको मदिरा भट्टिमा एकै परिवारका ४ जना सदस्यको मृत्यु हुनुको साथै १ जना भारतिय आफन्तको समेत मृत्यु भएको छ ।

Comments (0)
Add Comment