प्रहरीकै मिलोमतोमा सुपारीको तस्करी धन्दा मौलाउदै, भारतीय एसएसवी र सुपारी तस्कर बिच झडप

पर्सा, ९ असोज / नेपाल प्रहरी र सशस्त्र प्रहरीको तर्फबाट सांगठनीक रुपमै तस्करीको लाइन खुल्ला गरिएको रहस्य उजागर भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र तस्कर समुह बिच साटघाट भए पश्चात ठुला वडा तस्करीको लाइन सांगठनीक रुपमै खुल्ला गरिएको रहस्य उजागर भएको हो ।
पर्साको सिमावर्ती क्षेत्र जानकिटोलाको दसौताबाट सुपारीको तस्करी सांगठनीक रुपमै खुल्ला गरिएको बारे एक घटनाले प्रमाणित समेत गरेको छ । शान्ति सुरक्षाका साथ साथै सीमा सुरक्षा लगायत गतिविधिमा निगरानी बढाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । तर आफ्नो संगठनको नीति निर्देशनलाई लत्याउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आर्थिक प्रलोभनमा परी सुपारी तस्करीको लाइन नै खुल्ला गरिएको बारे एक घटनाले प्रमाणित गरेको हो ।
शनिवार बिहान करिब १ बजेको समयमा पर्साको जानकिटोला नाका हुदै सुपारी बोकेको दुई वटा ट्रयाक्टर र युनिलिबरका समाग्री बोकेको एउटा पिकअप भ्यान भारततर्फ निर्यात भएको थियो । भारत बिहारको खमिया इनर्वा नपुग्दै भारतको सीमा सुरक्षामा तैनाथ भारतीय एसएसवीले पक्राउ गरेको थियो । भारतीय एसएसवीले अवैध तरिकाले निर्यात भएको सुपारी सहितको ट्रयाक्टर नियन्त्रणमा लिनासाथ तस्कर बिच भिडन्त समेत भएको बताइन्छ । तस्कर र भारतीय एसएसवी बिच भएको झडपमा तिन जना भारतीय एसएसवी घाइते भएका छन भने एसएसवीले चलाएको गोली लागि एक जना तस्कर समुहतर्फका व्यक्ति घाइते भएको, स्थानीय बताउछन ।
सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा फस्टाउदै गएको सुपारी तस्करी धन्दाको बिषयमा जहजाहेर भएपनि माथिल्लो निकायले मौन धारण नै गरेको पाइन्छ । बोर्डर आउट पोष्ट भिखमपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक संजय गोईत र प्रहरी चौकी जानकिटोलाका प्रमुख प्रहरी नायब निरीक्षक युवराज पाण्डेको मिलोमतोमा तस्करी धन्दा मौलाउदै गएको प्रमाणित हुदा हुदै माथिल्लो निकाय मुकदर्शक बन्न पुग्दा, आर्थिक प्रलोभनको चपेटामा माथिल्लो निकाय समेत रहने गरेको तथ्य उजागर भएको छ ।
यस बिषयमा सशस्त्र प्रहरी बल नेपाल संगठनका प्रवक्ता एसएसपी पुरुषोतम थापाले सुपारी तस्करीको बिषयमा आफुलाई जानकारी नभएको र यस बिषयमा बुझेर दोषी माथि कारवाही गरिने बताउनु भयो ।

Comments (0)
Add Comment