प्रमुख जिल्ला अधिकारी पडितको निर्देशनले भारतीय कलाकार नेपाल भित्रीए, भित्र्याउने प्रहरी निरीक्षकलाई कारवाही गरिने : डिआइजी अर्याल

उमेश दुबे
बारा, २८ असार / नेपाल सरकारले गरेको लक डाउनलाइ धज्जी उडाउदै बाराको सीमा नाकाबाट भारतीय कलाकारहरू सशस्त्र प्रहरीलाई नजराना बुझाए पश्चात् नेपाल भित्रिएका छन । सीमा नाकाको सुरक्षा जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल नेपालले ५ लाख रूपैया नजराना बुझे पश्चात् सीमा नाका हुँदै भारतीय गाडी सहित भारतीय कलाकारलाइ नेपाल प्रवेश गराएका हुन ।
बारा जिल्लाको कवहीगोठ नाका हुँदै भारतीय कलाकार चिन्टु पान्डे लगायत दर्जनौ कालाकार नेपाल भित्रिएका छन । सीमा नाका बन्द भएको ठोकुवा गर्ने सशस्त्र प्रहरी बलले ५ लाख रूपैयाको नजराना बुझे पश्चात् नेपाल प्रवेश गराएको बताइएको छ । नेपाल प्रवेश गरेका भारतीय कलाकारलाइ नेपाल प्रहरी र सशस्त्र प्रहरीले उल्टै संरक्षण गरिरहेको प्रहरी श्रोतले जनाएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाइ लाखौ रूपैया नजराना बुझाए पश्चात् नेपाल भित्रिएका भारतीय कलाकारहरूलाइ क्वारेन्टाइनमा हाल्नुको साट्टो प्रहरी प्रशासन उल्टै संरक्षण गरिरहेको श्रोतको दाबी रहेको छ । सीमा नाका हुँदै भित्रिएका कलाकार हालको समयमा कलैया स्थित रहेको बरेवा दरबार होटेलमा रहेपनी प्रहरीकै संरक्षण रहेको बुझिन्छ । आफ्नो नाकामा कडाइ गरिएको ठोकुवा गर्ने सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको इमान्दारिता प्रती यस्तो कार्यले प्रश्न खडा गरेको छ ।
यता जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडितले आफ्नो मनोमानी पाराले निर्देशन दिएको उहाकै श्रोतले बताएका छन । समाचार त्यार पारून्जेल श्रोतले जनाए अनुसार बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पडितले केही रकम लिए पश्चात् १७ दिन अगाडी भारतीय कलाकारलाइ सीमा नाका हुँदै भित्रयाएको र हाल कलैया स्थित रहेको बरेवा दरबार होटेलमा राखिएको बताए ।
सशस्त्र प्रहरी बल नेपाल, प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्यालले सीमा नाकाबाट भित्रिने भारतीय कलाकारको बिषयमा आफुलाइ केही जानकारी नभएको र भित्र्याउने कमान्डर माथी कारवाही गरिने बताउनु भयो । आफ्नो नीति निर्देशनलाइ खिल्ली उडाएको भन्दै उहाले सीमा नाकाबाट भित्रिने कवहीगोठका कमान्डर सशस्त्र प्रहरी निरीक्षक माथी कारवाही गरिने डिआइजी अर्यालले बताउनु भयो ।

Comments (0)
Add Comment