मोर्चाद्वारा पर्साको पोखरियामा एमाले को कार्यक्रम बिथोलियो

पोखरिया,चैत्र १२: आज पर्सा क्षेत्र न.४ मा एमाले द्वारा आयोजित स्थानीय भेला मोर्चाका नेता कार्यकर्ताले बिथोलेका छन्  |

शनिवार स्थानीय नेता कार्यकर्ताहरु भेला हुने कार्यक्रम रहेकोमा मोर्चाको विरोधको कारण कार्यक्रम हुन नसकेको फोरम नेपालका नेता सिपू तिवारीले बताए | लाठी भाला सहित कार्यक्रम स्थलमै मोर्चाका नेताहरु पुगे पछि भागाभाग भएको थियो ,कार्यक्रम स्थलमै मोर्चाले टायर बाली प्रदर्शन गर्न सुरु गरे पछि केइ बेर स्थिति तनावपूर्ण बनेको थियो | स्थानीय प्रसाशन पुगे पश्चात स्थिति सहज बनाउन मोर्चाका नेतालाई अपील गरेका थिए |

एमालेले यो भन्दा पहिला नि आयोजना गरेको कार्यक्रमहरु मोर्चा पर्साले बिथोल्दै आएको छ |एमालेले संबिधान मा मधेश र मधेशी जनताको अधिकार सुनिस्चित गर्न सहयोग नगरेको र मधेशमा  साम्प्रदायिक दंग भड्काउन लागेको आरोप लगाउदै फोरम नेपालकि केन्द्रिय सदस्य एवं पुर्व राज्य मन्त्रि करिमा बेगमले आगामी दिनमा पनि पर्सा सहित पुरै मधेश भरि नश्लबादी चिन्तनको बिरोध मधेशी जनताले गर्ने बताइन |

Comments (0)
Add Comment