पर्साको अमरपट्टिबाट व्यापक तस्करी, समबन्धित निकाय मौन

पर्सा, १ असोज / पर्साको अमरपट्टिबाट व्यापक रूपमा तस्करी बढेपनी समबन्धित निकाय मौन रहेका छन । प्रहरी उपरीक्षक पान्डेको आदेशलाइ धज्जी उडाउदै अमरपट्टिबाट तस्करी कार्य फस्टाएपनि समबन्धित निकाय मौन रहेका हुन ।
प्रहरी चौकी अमरपट्टिमा प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंहले कमान्ड सम्भालनसाथ उक्त नाकाबाट व्यापक तस्करी बढेको छ । क्राइम टोलि बिघटन हुनसाथ प्रहरी चौकी अमरपट्टिमा क्राइम टोलिबाट गएका प्रहरी सहायक निरीक्षक सिंहले कारोबारीलाई एक्कठ्ठा गरि सूचारू गरेको पाइन्छ । तस्करी बारे सूचना दिने ब्यक्तीलाई उल्टै फोन गरि धाक धम्की दिदै आफुलाइ धम्की दिएको भन्दै थर्काएको समेत अडियो रेकर्ड प्राप्त भएको छ ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डे सङ्ग बुझदा तस्करी बारे केही प्रमानित भए तुरून्त कारवाही गर्ने बताए । उहाले आफ्नो जिल्लामा कुनै किसिमको ब्यक्ती अथवा प्रहरी अधिकारीले गलत काम गरेको फेला परे कारवाही गर्नु पछि नहटने बताए ।
तर यता पर्साको अमरपट्टिबाट प्रहरी उपरीक्षक पान्डेको धज्जी उडाउदै प्रहरी सहायक निरीक्षक सिंहले अबैध धन्दा सुचारू गरेको पाइन्छ । अमरपट्टि नाकाबाट रामेश्वर तिवारी, रङ्गिला, अशोक, नरेश भन्ने तस्कर समुहले तस्करी कार्य सुचारू गरेको पाइन्छ । भारतबाट अबैध तरिकाले कपडा, हार्डवेयरको मालसमान भित्रयाउनको निम्ति लाखौ रूपैया बुझेको समेत स्थानीय प्रत्यक्षदर्शीले बताएका छन ।
यस बिषयमा अहिलेपनी जिल्ला प्रहरी प्रमुख लगायत प्रदेश नम्बर २ का डिआइजी उमेश रन्जितकारले ध्यान पुर्याउने हुन कि हेर्न बाकी नै रहेको छ ।

Comments (0)
Add Comment