पत्रकार दासले छोरी श्रेयाको जन्मदिन समाजिक कार्य गरि भब्यताका साथ मनाए

पर्सा, २० पुस / पत्रकार महेश दासले आफ्नो छोरी श्रेया दास को ६ ठौ जन्मदिन भव्यता का साथ सामाजिक कार्य गरी मनाएका छन्। मानव सेवा आश्रम बीरगन्ज मा आश्रित रहनु हुने ४५ जनालाइ दिवा भोजन एवम् सेनिटाजर, मास्क तथा रुघा खोकीको औषधि वितरण गरी जन्मोत्सव मनाएका हुन । जन्मदिनको हरेक वर्ष समाजिक कार्य गरी जन्मदिन मनाउन्दै आएका छन्। अनाथालय का बालबच्चाहरुलाई ट्रैक सुट वितरण, अपाङ्गहरु लाइ व्हील चेयर वितरण, दलित वस्तीमा बालबालिकाको लागी न्यानो लुगा तथा परिवारका लागी कम्मल वितरण गर्दै आएका छन्। आजको कार्यक्रममा श्रेया दास का अतिरिक्त हजुर आमा प्रेम कला दास, आमा जुली दास र मानव सेवा आश्रमका सरु गुरुङ र ओम कुमार झाको सहभागिता रहेको थियो ।

Comments (0)
Add Comment