नारायणी यातायात सवारी शाखा प्रमुखको इशारामा ठगी धन्दा, सम्बन्धित निकाय मौन

पर्सा, २० फागुन / नारायणी यातायात सवारी शाखामा कार्यालय प्रमुखकै इशारामा ठगी धन्दा सुचारू भएपनी समबन्धित निकाय मौन रहेका छन । सवारी शाखामा नवीकरणको नाममा सेवाग्राहीको लाखौ रकम ठगी भएपनी सम्बधित निकाय मौन रहेका हुन ।
नारायणी यातायात सवारी शाखाका कर्मचारीको चरम लापरबाही बढेपनी कार्यालय प्रमुख मौन बस्नुको साथै मात्र आर्थिक प्रलोभनमा काम गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन । सवारी नवीकरणको नाममा शाखा अधिकृत शनि आन्नद झाको माध्यमले प्रती दिन ब्रम्हलूट मचाएको आरोप सेवाग्राहीले लगाएका छन ।
सवारी नवीकरण गराउदा बैकमा कर तिर्ने प्रावधान रहेपनी प्रावधानको खिल्ली उडाउदै शाखा अधिकृत झाको माध्यमले बिचौलिया प्रयोग गर्ने गरेको पाइएको छ । बिचौलियाको साथ साथै नवीकरणको कर तिरेपनी कार्यालयको ढट्टामा इन्ट्री नहुने गरेको एक घटनाले उजागर पारेको छ । नवीकरण गराउदा नेपाल सरकारको राजस्व तिरेपनी ढट्टामा इण्ट्री नहुनुले सवारी शाखामा ब्रम्हलूट भइरहेको आरोप नवीकरण गराउन आउने सेवाग्राहीले आरोप लगाए ।
एक जना सेवाग्राहीका अनुसार आफ्नो सवारी नवीकरण गराउन नारायणी यातायात सवारी शाखामा जादा कार्यालय प्रमुख कुशेस्वर साहले शाखा अधिकृत शनि आनन्द झा सङ्ग भेटन भनेपछी उहाकै निर्देशनमा नवीकरणमा लाग्ने शुल्क बैन्कमा तिरेपनी कार्यालयको ढट्टामा नचढाइएको बताउनु भयो । यस बिषयमा नारायणी यातायात सवारी शाखाका प्रमुख कुशेस्वर साहलाई बताएपनी केही वास्ता समेत नगरेको सेवाग्राहीले आरोप लगाउनु भयो । यस बिषयमा कार्यालय प्रमुख कुसेश्वर साह सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेको थिएन्न ।
सरकारी निकायमा बढ्दै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्नको निम्ति अख्तियार दुरुपयोग अनुसन्धानलाई जिम्मा दिएपनी सवारी शाखामा खासै पहल नभएको देखिन्छ । यस्ता सरकारी कार्यालयमा बढ्दै गएको भ्रष्टाचारको बिषयमा सम्बन्धित निकायको साथ साथै

Comments (0)
Add Comment