तीन दिन भित्र हातपात गर्ने प्रहरीलाई निलम्बन सहितको कारवाही नगरिए कडा रूपले आन्दोलनमा उत्रिने अध्यक्ष बन्जराको चेतावनी

उमेश दुबे
पर्सा, ३० बैशाख / पत्रकार माथी हातपात गर्ने प्रहरीहरूलाइ तीन दिन भित्र निलम्बन सहितको कारवाही नगरिए मुलूक भरिका पत्रकारहरू पर्सा प्रहरी बिरूध आन्दोलनमा उत्रिने अध्यक्ष श्याम बन्जाराले चेतावनी दिनु भएको छ । आइतवार पत्रकार तिवारी यादव माथी प्रहरीले गरेको हातपात बिरोधमा आज नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले तीन दिन भित्र हातपात गर्ने प्रहरीलाई निलम्बन सहितको कारवाही नभए कडा रूपले देशभरीका पत्रकारहरू आन्दोलमा उत्रिने चेतावनी समेत दिनु भएको हो ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराले प्रमुख जिल्ला अधिकारी बिस्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाउदै पर्सा प्रहरीको बढ्दै गएको ज्यादतीको बिषयमा ध्यानाकर्षण गराउनुको साथै पत्रकार माथी विभिन्न बहाना बाजिमा गरिएको हातपात कदापी स्विकार नहुने बताउनु भयो । उहाले हातपात गर्ने प्रहरी निरीक्षक निर्मल पनेरूलाई तीन दिन भित्र निलम्बन नगरिए कडा रूपले आन्दोलन चर्किने समेत जानकारी गराउनु भयो ।
पर्सा प्रहरीले पत्रकार माथी गरेको हातपातको बिरोधमा नेपाल पत्रकार महासंघ पर्सा शाखा पछि नहटने अटुटका साथ प्रहरी निरी

Comments (0)
Add Comment