जनता सेवा माग गर्दा तिवारी थुनामा, तिवारीलाई रिहा नगरे पर्सा प्रहरी बिरूध आन्दोलन गर्ने नेता यादवको चेतावनी

उमेश दुबे
पर्सा, २९ श्रावण / नेपाल बिद्यार्थी संघ पर्साका अध्यक्ष बिकास तिवारीलाई पर्सा प्रहरीले रिहा नगरे आन्दोलन गर्ने नेता राकेश यादवले जनाउनु भएको छ । पर्सा प्रहरीले तिवारीलाई बिना कारण जबर्जस्ति नियन्त्रणमा लिइ फसाउन खोजिएको आरोप लगाउदै, अबिलम्ब रिहा नगरे आन्दोलन गर्ने नेता यादवले चेतावनी दिनु भएको हो ।
नेपाल बिद्यार्थी संघका पूर्व अध्यक्ष एवं नेपाली काँग्रसका युवा नेता राकेश यादवले यस अनलाइन सङ्ग कुरा गर्दै केहि दिन अघि मात्र आन्दोलनकै क्रममा पक्राउ गरिएको तिवारीलाई प्रहरीले मध्य रातमा छोडनु र त्यसकै भोली पल्ट फेरी अपहरण शैलीमा पक्राउ गर्नुले प्रहरीको कार्यशैली माथी शंका उत्पन्न भएको बताउनु भयो । उहाले जनताको हकहितमा अवाज उठाउदा प्रहरीले तिवारीलाई पक्राउ गरेको बताउनु भयो । पर्सा प्रहरीले अपहरणकारी शैलीमा अध्यक्ष तिवारीलाई निजको निवासबाटै पक्राउ गरिएको नेता यादवले बताउनु भयो ।
बिरगंजमा बढ्दै गइरहेको कोरोना सन्क्रमितको साथ साथै उपचारको अभावमा मृत्युको सिकार हुने सर्वसाधारणको लागि तिवारीले आफ्नो अवाज बुलन्द गरेको नेता राकेश यादवले बताउनु भयो । जनताको सुख दुखमा हरहमेशा तैनाथ रहेका अध्यक्ष बिकास तिवारीलाई केही राजनीतिको सहयोगमा पर्सा प्रहरीले फसाउन खोजिएको आरोप नेता यादवले लगाउनु भयो ।
बिधार्थी नेताहरुले तिवारीको समर्थनमा आज बीरगन्जको घण्टाघरमा जम्मा भएर बिरोध प्रदर्शन गर्ने तथा आज वेलुका सम्म रिहा नगरे भोली देखि चरणबद्ध आन्दोलनको घोषणा गरी आन्दोलन गर्ने नेता राकेश यादवले चेतावनी दिनुभयो । उहाले नरायणी होस्पिटलमा भेन्टिलेटरको संख्या वृद्धि गरि गुणस्तर सेवा प्रदान गर्न, अस्पतालहरूले भर्ना नगर्दा उपचारको अभावमा मृत्यु भएका पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्तिको व्यवस्था गरियोस्, दोषी अस्पताल प्रशासनलाई कडा भन्दा कडा कारवाही गरियोस्, कोरोनाले गर्दा खाई कमाई गर्न नसकेको गरीब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गरियोस, कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामग्री, चिकित्सक, सेवा सुविधाको यथासिघ्र व्यवस्थापन गरियोस् ५ सुत्रिय माङ्ग गरेको बताउनु भयो । नेता राकेश यादवले यो मागमा कहाँ कतै शान्ति सुब्यवस्ता खलब्लियाइएको छ भनी प्रतिप्रश्न तेर्साए ।

Comments (0)
Add Comment