जगरनाथपुर गाउपालिकाका अध्यक्ष मिया सहित परिवारका १७ सदस्यको स्वाब संकलन

पर्सा, १ बैशाख ÷ पर्साको जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया मुखियाको पनि स्वाब परिक्षणका लागि हेटौंडाको प्रयोगशालामा पठाइएको छ । केही दिन अगाडी भारतीय मिडियाले प्रशारण गरेको समाचारका कारण विवादमा परेका अध्यक्ष मिया सहित उनको परिवारका १७ जनाको स्वाब संकलन गरिएको हो ।
जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया मुखियाले ग्रामिणको नाका हुदै भारतीय जमातीलाई नेपाल भित्रयाइएको समेत आरोप लगेकै बेला मुखिया लगायत उनका परिवारका १७ सदस्यलाई प्रहरीकै निगरानीमा राखिएको बताइन्छ । नारायणी अस्पतालबाट खटिएका स्वास्थ्यकर्मीको टोलीले वीरगंजको कदाम्वरी स्कूल नजिकै रहेको मियाको घरमै पुगेर कोरोना संक्रमणको आशंकामा परिक्षणका लागि मियासहित उनको परिवारका १७ जनाको स्वाब संकलन गरिएको हो । भारतीय जमाती संग बसेको आशंकामा मुखिया लगायत परिवारको सदस्यको स्वाब संकलन गरिएको श्रोतको दावी रहेको छ ।
शंकास्पद व्यक्तिहरुलाई आइतवारदेखी खोजी स्वाब संकलन गरिरहेकै बेला बिशेष सूचना पाउन साथ वीरगंजको पावर हायस चौक नजिकै रहेको कदाम्बरी स्कूलको नजिकै रहेको मुखियाको घरमा प्रहरी पुगी स्वाब संकलन गर्न लगाइएको प्रहरी श्रोतको दावी रहेको छ । शंकास्पद व्यक्ति जालिम मिया मुखिया सहित ३४ जनाको स्वाब संकलन गरी परिक्षणको लागि हेटौडा पठाइएको हो ।
यता आफुले नै स्वास्थ्यकर्मीलाई घरमा बोलाएको र प्रहरीको टोली पनिसँगै आएर स्वाब लिएर गएको अध्यक्ष जालिम मिया मुखियाले दावी गरेका छन् । भारतीय मिडियाले आफु माथि लगाएको भ्रामक र निराधार आरोप झुठो रहेको पुष्टि गर्नका लागि नै आफुले आफनो परिक्षणका लागि स्वास्थ्यकर्मीलाई घरमा बोलाएको मियाले बताए ।

Comments (0)
Add Comment