चर्चित उद्योगपति विजय सरावगी फोरम नेपालमा

बिरगंज सिटी,फाल्गुन २८:वीरगन्जका उद्योगपति एंव नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य विजय सरावगी फोरम नेपालमा प्रवेश गर्ने हुनु भएको छन् |

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आज आयोजित पत्रकार सम्मेलनमा समाजसेवी समेत रहेका सरावगीले फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको हो ।यस्तै निर्माण व्यवासाीय हरिनारायण रौनीयार र नेपाली काँग्रेसका पुर्व बुथ सभापति प्रमोद गुप्ताले पनि आफु फोरम नेपालमा प्रवेश गर्ने घोषणा गर्नु भएको छ ।

पर्साको पोखरीयामा आगामी चैत ६ गते फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा हुने आमसभामा तीनै जना फोरम नेपालमा औपचारिक रुपमा प्रवेश गर्ने बताइएको छ ।

आजको पत्रकार सम्मेलनमा बोल्दै उद्योगी सरावगीले आफनो गाँउ ठाँउको विकासका लागि आफु राजनीतिमा सकृय हुन लागेको बताउनु भयो । उद्योगी व्यपारीबाट पनि राजनीतीमा सकृय हुन पटक पटक दबाब आएकाले आफु फोरम नेपालमा प्रवेश गर्न लागेको सरावगीले बताउनु भयो । समाजको लागि राजनीति गर्ने उदेश्यले आफु फोरम नेपालमा प्रवेश गर्न लागेको भन्दै सरावगीले अहिलेको राजनीतिमा देखिको विकृतीहरु हटाउनका लागि निस्वार्थ र स्वच्छ छवि भएका व्याक्तिहरु राजनीतिमा आउनु पर्नेमा जोड दिनु भयो ।नेपालमा राजनीतिक दलहरु धेरै भएपनि फोरम नेपालको नीति र सिद्धान्त आफुलाइ मन परेकाले आफुले फोरम नेपाललाइ मन पराएको भन्दै सरावगीले आफु राजनीतिमा लागेपनि समाजसेवालाइ भने निरन्तरता दिइरहने प्रतिबद्धता जनाउनु भयो ।

यस्तै निर्माण व्यवसायी रौनीयारले आजकै दिन देखि आफु व्यसायीक जिवन त्यागेर राजनीतिक जीवनमा प्रवेश गरेको बताउनु भयो । आफु नेपाली काँग्रेसको क्रियाशील सदस्य भएकाले पार्टी परित्याग नगर्न काँग्रेसका शीर्ष नेताहरुले अनेक दबाब दिएपनि आफुले आजका दिन देखि काँग्रेसको साधरणसदस्यता समेत त्यागेर फोरम नेपालमा प्रवेश गर्न लागेको रौनीयारले बताउनु भयो । मधेस, पहाड र हिमालललाइ जोडेर अगाडि बढेकाले फोरम नेपाल छिटटै राष्ट्रिय दलका रुपमा स्थापित हुने भन्दै उहाले राजनीतिक यात्रामा आफु जुन स्थानमा पुगे पनि आफनो माटोलाइ कहिल्यै पनि नबिर्सने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले चैत ६ गते पोखरीयामा हुने आमसभामा सरावगी , रौनीयार सहित जिल्लाका थुप्रै चर्चित व्याक्तिहरु फोरम नेपालमा प्रवेश गर्ने जानकारी दिनु भयो । उहाले चैत ६ गते पछि फोरम नेपालले पर्सा जिल्लामा ठूलो राजनीतिक तरंग ल्याउने र जिल्लाको एक नम्बरको पार्टीको रुपमा फोरम नेपाल स्थापित हुने दाबी गर्नु भयो ।

फोरम नेपालका जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव सांसद लालबाबु राउत गद्धी , नेताहरु आत्माराम साह , वीरेन्द्र यादव, करिमा बेगम , सलाउदीन अहमद लगायतको पनि सहभागीता रहेको थियो ।

Comments (0)
Add Comment