क्राइम टोली तस्करीको लाइन दिदै, वडा प्रहरी कार्यालय श्रीपुर समाउदै

उमेश दुबे
पर्सा, ८ माघ ÷ पर्साको ग्रामिण नाकाहरुबाट बढ्दै गएको तस्करीलाई मध्य नजर गर्दै वडा प्रहरी कार्यालय श्रीपुरले आफ्नो क्षेत्रमा कडाईको साथ अगाडी बढेको छ । पर्साको ग्रामिण क्षेत्रतिर आवत जावत गर्ने सवारी साधनहरुलाई चेकजाचको क्रममा आज वडा प्रहरी कार्यालय श्रीपुरले छोहडा सहितको पिकअप नियन्त्रणमा लिन सफल भएको हो ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिपक साहका अनुसार वीरगंजको रानिघाटबाट पिकअपमा छोहडा लोड गरी माथिबाट भुजा लोड गरेको सूचना पाउनसाथ खटाइएको टोलीले पक्राउ गर्न सफल भएको बताए । उनले पक्राउ गरिएको पिकअपमा मात्र भुजाको कागजात रहेपनि लुकाइ छिपाई राखेको छोहडाको बिल नभएको कारण नियन्त्रणमा लिएको बताए ।
वीरगंजबाट ना.५.च ३२४५ नम्बरको पिकअपमा छोहडा लोड भएको सूचना आउनसाथ प्रहरी टोली परिचालन गरिनुको साथै ग्रामिण क्षेत्रको चोर बाटो हुदै लैजाने क्रममा पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । उहाले पक्राउ गरिएको छोहडा सहितको पिकअपलाई अवाश्वक कारवाहीको लागि बिहिवार बिहान वीरगंज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको बताउनु भयो ।
यता ग्रामिण नाकाहरुबाट बढ्दै गएको तस्करीलाई न्यूनिकरण गर्नुको साटो प्रहरीले झन बढावा दिदै आएको समाचार प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरको नाममा क्राइम टोलीले ब्यापक रुपमा रकम असुली गर्नसाथ ग्रामिण नाकाहरुबाट तस्करीको कार्य सुचारु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइम टोलीको नाममा खटिने प्रहरी जवान बिजय यादवले रकम उठाउनसाथ तस्करीको लाइन सुचारु भएको बुझिन्छ ।
एक जना तस्करका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलीका प्रहरी जवान बिजय यादवलाई प्रति महिनाको ४ लाख रुपैया बुझाए पश्चात कार्य सूचारु गरिएको बताए । उनले क्राइम टोलीलाई महिनवारी स्वरुप रकम बुझाए पश्चात पनि वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पक्राउ गरिएको बताए । क्राइम टोलीको नाममा चान्दा आतंक मचाएका प्रहरी जवान बिजय यादव प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरको बिश्वासिला पात्रको रुपमा मानिने गरेको बताइन्छ । जिल्ला प्रहरी प्रमुखको नामबाट रकम उठाउने यस्ता भ्रष्ट प्रहरी माथि प्रदेश प्रहरी प्रमुखको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

Comments (0)
Add Comment