क्राइम टोलीको अथक प्रयासपछि सुन तस्कर अन्सारी पक्राउ

उमेश दुबे
बारा, २९ साउन ÷ जिल्ला प्रहरी कार्यालय पर्सा क्राइम टोलीको अथक प्रयासपछि जाली नोट कारोवारीको साथसाथै सुन तस्कर अन्सारी पक्राउ परेका छन । काठमाण्डौको सुन्धारामा प्रहरीले पिछा गरेपनि ‘सुन’ र पेस्तोलको झोला फालेर फरार भएका इल्ताफ हुसेन अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले पक्राउ गर्न सफल भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली प्रमुख प्रहरी निरीक्षक रबिभुषण यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको निजगढबाट पक्राउ गर्न सफल भएको छ ।
श्रावण १३ गते सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला फालेर भागेपछि अन्सरीलाई प्रहरीले खोजबिन गरिरहेको र क्राइम टोलीको अथक प्रयास पछि निजगढबाट पक्राउ गर्न सफल भएको छ । बिशेष सूचना आउनसाथ पर्सा जिल्लाबाट खटिएको प्रहरी टोलीले बाराको निजगढमा लुकिछिपी बस्दै आएका इल्ताफ हुसेन अन्सारीलाइ पक्राउ गर्न सफल भएको प्रहरीले सफल भएको हो ।
सुनधारा नजिकै प्रहरीको चेकिङ टोलीले स्कोर्पियो रोक्न खोज्दा नरोकेपछि प्रहरीले पिछा गरेको थियो तर स्कोर्पियोबाट झोला फालि फरार भएका इल्ताफ हुसेन अन्सारीलाइ खोजबिन गर्दै जादा क्राइम टोलीले नियन्त्रणमा लिन सफल भएको छ । फालेर भागेको झोलाबाट साढे १४ किलो सुन लेपन गरेको चा“दी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चा“दी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ फरार भएका थिए ।
फरार भएका इल्ताफ भारतीय जाली नोटको कारोबारी समेत रहेको प्रहरी अनुसन्धानबाट प्रस्ट भएको प्रहरी श्रोतको दावी रहेको छ । पर्सा प्रहरीले पक्राउ गरेको अन्सारीलाई बारा प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र उनलाई काठमाण्डौ पठाउने तयारी गरेको पर्सा प्रहरीले जनाएको छ । बिगतका दिनमा अन्सारीले भारतीय जाली नोटको कारोवारमा सक्रिय रहेपनि हालको समयमा सुनको तस्करीमा सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलिएको श्रोतको दावी रहेको छ ।

Comments (0)
Add Comment