ओलीको फोन देउवालाई

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्वाचन असम्भव हुँदै गएकाले यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्। आइतबार बिहान देउवासँग टेलिफोन वार्ता गरी ओलीले निर्वाचनमा जोड दिएका थिए।

स्रोतले भन्यो, ‘दाहालबाट कुनै निकायको निर्वाचन हुन नसक्ने हुँदा सरकारको विकल्प सोच्नुपर्‍याे। संविधान कार्यान्वयनका लागि कांग्रेस गम्भीर हुन नसके राष्ट्र दुर्घटनातर्फ धकेलिन सक्छ।’ प्रत्युत्तरमा देउवाले आफूले यस विषयामा कांग्रेसमा कुरा गर्ने बताए। यसैबीच देउवा र दाहालबीच संशोधन, स्थानीय निर्वाचनलगाइत विषयमा छलफल भएको जानकारी प्रधानमन्त्री सचिवालयले दिएको छ।

माले अध्यक्ष ओलीसँगको टेलिफोन वार्तापछि आफूसँग भेट गर्न आएका देउवालाई दाहालले संविधान संशोधन र निर्वाचनको वातावरण सिर्जना गर्न विशेष भूमिका निर्वाह गर्न आग्रह गरेका थिए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ।
देउवाले आगामी वैशाखमा स्थानीय निर्वाचन गराउन र त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न परिमार्जनसहितको संविधान संशोधन अपरिहार्य रहेकोेमा जोड दिएका थिए।

Comments (0)
Add Comment