ए.मा.ले सांसद जयप्रकाश थारु को छोरा द्वारा कुटिए पर्सा प्रहरीका जवान

बिरगंज सिटी ,फाल्गुन १३ :जिरा भवानीको मेलामा सांसद थारुको छोरा, भाईले कुटे प्रहरीलाई शिवरात्रीको अवसरमा सेढवाको जीराभवानी मेलामा प्रहरीलाई सांसद जयप्रकाश थारुको भाई, छोरा लगायतको युवा टोलीले कुटपिट गरेपछि एक जनालाई गिरप्mतार गरिएको छ ।

घटनामा संलग्न आरोपीहरुलाई उम्काउन सांसद थारु जिल्ला प्रहरी पर्सालाई व्यापक दबाव दिएका छन् ।

शिवरात्रीको उपलक्ष्यमा लागेको मेलालाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले दुई तर्फी मेलामा प्रवेश र निकास द्वार बनाएपनि मेलाको व्यवस्थापकलाई बिथोल्न खोजेपछि प्रहरी र युवकहरुबीच भएको झडपमा एक जना प्रहरी कुटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफुलाई सांसद थारुले घटनामा संलग्नलाई उम्काउन फोनबाट व्यापक दबाव दिएपनि बर्दीमा खटेको प्रहरीलाई कुटने कसैलाई पनि नछाडने पर्साका प्रहरी उपरिक्षक गोबिन्द कुमार साहले बताए । सांसद थारुको नातेदार भन्दै निकासद्वारबाट नै जबरदस्ती मेलामा प्रवेश गर्ने युवाहरुको जमातलाई प्रहरीले रोक्दा, उनीहरुले प्रहरीलाई रामधुलाई गरेपछि मेलामा व्यापक खैलाबैला मचेको थियो ।

मेलाको सुरक्षामा खटेको प्रहरीलाई कुटपिट गरेको घटनामा संलग्न श्यामसुन्दर चौधरीलाई प्रक्राउ गरिएपछि आफु लगायत सांसद थारुको भाई ओमप्रकाश थारु, छोरा कुनाल थारु, भान्जा बिजय चौधरी लगायतका व्यक्तिहरुले कुटपिट गरेको प्रहरीसमक्ष ब्यान दिएको पर्सा प्रहरीले जनाएको छ ।

Comments (0)
Add Comment