एमालेले देशलार्इ विदेशीको हातमा सुम्पन खोजेको माओवादी नेता गुरुङको दावी

स्याङ्जा, पौष ११ : स्याङ्जाको वालिङमा आइतबार नेकपा माओवादी केन्द्र स्याङ्जाको आयोजनामा जिल्ला वैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर चारका संयोजक देव गुरुङले १० बर्षे जनयुद्धको ढाँचाबाट अवको क्रान्ति सम्पन्न हुन नसक्ने दावी गर्दै यहिलेको संक्रमणकालिन अवस्थामा ससत्र जन विद्रोहको प्रक्रियावाट शान्ति प्रक्रिया पार गर्दै क्रान्ति सम्पन्न गर्नुपर्ने बताएका हुन् ।

गुरुङले साम्राज्यवादीहरुले र विस्तारवादीहरुले जहाँ जहाँ घेरावन्दी गर्दै जान्छन त्यहाँ त्यहाँ माओवादी सक्तिले मोर्चा वन्दी गर्दै संघर्स द्धारा त्यस्ता अप्रगतिशिल तत्वहरुलाइ हराउदै आफ्नो साम्राज्य विस्तार गर्नुपर्ने पनि बताएका छन् ।

देशमा देखा परेको राजनितिक अस्थिरताका कारण नेपालमा विदेशी सक्तिको हालीमुहाली वढ्दै गएको बताउदै गुङ्ले सवै जात, वर्ग, धर्म र सम्प्रदाय एकताका साथ मिलेर अगाडि वढ्दै समानुपातिक स्वत्तताको आधारमा संघिय व्यवस्था लागु गर्न सके मात्र नेपाललाइ बचाउन सकिने गुरुङको दावी छ ।

 

जनवादको जगमा एकता पैदा गर्न, पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल, पहाड र तराइका सम्पुर्ण नागरिकमा एकता पैदा गर्न तथा अशली राष्ट्रियताको भावना सवैमा विकास गर्न नेपाल संघियता, स्वत्तता र धर्म निरपक्षतामा जानुपरेको उनको जिकिर छ ।

अहिलेको क्रान्ति प्रतिरक्षात्मक प्रणालीको भएकाले शान्ति प्रक्रियालाइ छिचोल्दै प्रत्यक्रमण गर्नुपर्ने र अन्तराष्ट्रिय परिस्थीतीको पनि मुल्याङ्कन गरेर क्रान्ति सम्पन्न गर्नुपर्ने गुरुङको ठहर छ ।

गुरुङले देशमा राष्ट्रिय संकट पैदा भएको यो वेलामा सवै कम्युनिष्ट सक्ति एक भएर लाग्नुपर्ने बताउदै माओवादीलाइ एक ठाउँमा कठ्ठा गर्नु बर्तमान आवस्यकता भएको औँल्याएका हुन् ।

गुरुङ्ले नेपाललाइ विदेशी सक्तिहरुबाट जोगाउन संविधान संसोधन अति आवस्यकता रहेको उल्लेख गर्दै एमालेले देशलाइ विदेशीको हातमा सुम्पन खोजेको आरोप लगाए ।

संविधा समयमै संसोधन हुन नसकेमा सिके राउत जस्ता विदेशीको इसारामा चल्ने नक्कली राष्ट्रवादीहरु फेरी पनि चलवलाउने गुरुङको दावी छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नम्मर चारका सह इन्चार्ज हरि अधिकारीले अवको चुनाव माओवादीले जित्ने प्रसस्त सम्भावना भएकाले सवै माओवादी सक्ति संगठन विस्तार लगाएतका पार्टिका काममा एकताका साथ लाग्न निर्देशन दिएका थिए ।

उनले अवको माओवादीको एजेण्डा चुनावमा जसरी पनि वहुमत द्धारा पहिलो पार्टि हुने रहेको उल्लेख गर्दै जति सक्दो चुनावी गतिविधिलाइ द्रुत्ततर गतिमा लैजानुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र स्याङ्जाका इनचार्ज रामराज रेग्मीले पार्टिको संगठनात्मक गतिविधि उल्लेख गर्दै पार्टिले गरेका कामहरुको बारेमा स्पष्ट पारेका थिए ।

रेग्मीले माओवादीमा जस्तो विज्ञ र वौद्धिक नेता तथा प्रभावशाली नेता स्याङ्जाका कुनै पनि राजनितिक दलमा नरहेको बताउदै भएका नेता तथा कार्यकर्ताहरु मन वचन र कर्मले क्रियशिल भएर लाग्न सकेमा पार्टि सवै भन्दा अगाडि आउने ठोकुवा गरे ।

Comments (0)
Add Comment