एकै परिवारका १७ जना कोरोना भाइरस संक्रमित

उमेश दुबे
पर्सा, २४ बैशाख ÷ वीरगंज महानगरपालिका वडा नम्बर ३ का एकै परिवारका १७ जना सदस्य कोरोना भाइरसको चपेटामा परेका छन् । नवजात शिशु लगायत एकै परिवारका १७ जना सदस्य कोरोना भाइरसको चपेटामा परेका हुन ।
प्राप्त समाचार अनुसार वीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया निवासी एकै परिवारका १७ जना सदस्यलाई कोरोना भाइरसको पुष्टि भएको अस्पताल श्रोतले जनाएको छ । २ महिना र ६ महिनाको नवजात शिशु, लगायत एकै परिवारका १७ जना सदस्यमा कोरोना भाइरस पुष्टि भएको श्रोतको दावी रहेको छ । १७ जनामा कोरोना भाइरसको पुष्टि हुनसाथ जिल्ला प्रहरी कार्यालय पर्साले वडा नम्बर ३ छपकैयालाई पूर्ण रुपले सिल गरेको छ ।
उक्त क्षेत्रबाट बाहिर र भित्र जान नमिल्ने भन्दै पूर्ण रुपले छपकैयालाई सिल गरिएको छ । केही दिनदेखी लक डाउनलाई खुकुलो बनाउदै प्रहरीले सर्वसधारणको आवग्मनमा रोक नलगाएपनि हालको समयमा वीरगंज महानगरपालिका वडा नम्बर ३ लगायत छपकैया टोललाई नै पूर्ण रुपले सिल गरिएको अवस्था छ ।

Comments (0)
Add Comment