एकैदिनमा २२ जना कोरोना संक्रमण, स्थिती नियन्त्रण बाहिर जान सक्ने संकेत

पर्सा, २७ पौष / प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका बिरगंज क्षेत्रमा एकैदिनमा २२ जना कोरोना संक्रमणको सिकार बनेको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार पछिल्लो समयमा कोरोनाको पहिलो र दोश्रो लहरमा हटस्पट बनेको बिरगंजमा संक्रमण फेरि बढन थालिएको हो ।
आज नारायणी अस्पतालको प्रयोगशालामा ५८ जनाको पीसीआर परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । सोमबार परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा कोरोना संक्रमण भेटिएकोले चिन्तित बनाएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार साँझ संक्रमण पुष्टि भएका २२ जनामा १९ जना वीरगन्ज महानगरका स्थायी बासीन्दा हुन् भने बाँकी ३ जना छिमेकी बारा, रौतहट र मकवानपुर स्थायी घर भएपनि वीरगन्जमा बस्दै आएकाहरु मध्ये हुन् ।
नारायणी अस्पताल र एडभान्स अस्पतालमा उपचार गराइरहेका मध्ये २ जनामा कोरोना संक्रमण देखिएको डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो । दोश्रो लहरपछि कोरोना संक्रमण शून्य अवस्थामा पुगिसकेको वीरगन्जमा सोमबार एकैदिन परिक्षण गरिएका ५८ मध्ये २२ जनामा संक्रमण भेटिनुले वीरगन्ज फेरि कोरोनाको भूमरीमा परेको पुष्टि भएको डाक्टर सिंहले बताए । उहाका अनुसार अहिलेपनी महानगरमा लापरबाही भए आउने २ हप्ता भित्र भ्यवाह स्थित हुन सक्ने बताए ।
सोमबार ५८ जनाको परिक्षण गर्दा झण्डै ३९ प्रतिशतमा संक्रमण भेटिनुले स्थिती नियन्त्रण बाहिर जान सक्ने खतरा देखिएको डाक्टर सिंहले दाबी गर्नु भयो । सोमबार नै वीरगन्जको इनर्वा नाकाको हेल्थ डेस्कमा भारतबाट प्रवेश गर्नेहरुको एन्टिजेन परिक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको छ । इनर्वा नाकामा गरिएको परिक्षणमा संक्रमण पुष्टी हुने १३ मध्ये ९ जना भारतीय र ४ जना नेपाली रहेको हेल्थ डेस्क इन्चार्ज डाक्टर अनिषा महत्तोले बताएकी छन ।

Comments (0)
Add Comment